+
+
Shares

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादीको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते १६:४७

Maoist-Center Flag५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध माओवादी र कांग्रेस मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्तावमाथि बिहीबार संसदमा छलफल सुरु हुँदैछ ।

बुधबार बसेको माओवादी संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको पक्षमा उँभिन सांसदहरुलाई निर्देशन दिएको हो । बिहीबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन पनि माओवादीले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नका लागि संसदमा रहेका अन्य दललाई समेत आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?