Comments Add Comment

नीशाका लागि विराज होइन ‘विरु’, सेल्फी खिच्दा यस्तो देखियो निकटता

Parshuram (9)
जब, चलचित्र ‘जय परशुराम’को कार्यक्रममा बोल्नका लागि नायिका नीशा अधिकारी पोडियममा पुगिन्, मिडियाको क्यामेरामा घेरिइन् । नीशाले बोली टुङ्ग्याउँदै गर्दा नायक विराज भट्टलाई ‘विरु, विरु’ भनेर बोलाइन् । नीशाले विराजलाई ‘विरु’ भनेपछि धेरैको ध्यान खिचियो ।

हुनत, फेसबुकमा पनि नीशाले विराजलाई ‘विरु’ भन्दै कमेन्ट गर्छिन् । गजब कुरा त के थियो भने, नीशा आफैले पत्रकारको प्रश्नमा भनिन्-‘माया गरेको बेलामा ‘विरु’ भनेर बोलाउछु । रिस उठ्दा ‘विराज दाई’ भन्छु ।’
Parshuram (6) Parshuram (7)
नीशाले विराज र आफूविचमा अरु त्यस्तो केही नभएको भन्दै आफै स्पष्टिकरण दिदै थिइन् । विराजले पनि म पनि उनलाई ‘निशु’ भनिदिउला नी भने । कार्यक्रम अवधीभर नीशा मोबाइल चलाउनमा नै व्यस्त थिइन् । उनले मोबाइल सेल्फी लिन थालिन् । नीशाले सेल्फीका लागि विराजलाई पनि क्यामेरा फ्रेममा आउन भनिन्, विराज पनि मुस्कुराउँदै नीशासँगै सेल्फी खिचाए । Parshuram (8)
विराज र नीशाको यो केमेष्ट्री हेर्दा पर्दामा मात्र नभएर पर्दा बाहिर पनि यी दुइको घनिष्टता स्पष्टै झल्कन्थ्यो । Parshuram (10)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment