Comments Add Comment

बिपद् ब्यबस्थापनका लागि एनआरएनए र नेपाली सेनावीच समझदारी

NRNA-signs-contract-with-Nepal-army५ साउन, काठमाण्डौ । मुलुकमा आइपर्ने बिपद् ब्यबस्थापनका लागि गैरआवासीय नेपाली संघ र नेपाली सेना मिलेर काम गर्ने भएका छन् ।
भूकम्प, बाढिपहिरो लगायतका ठूला बिपदसँग जुध्ने क्षमता अभिबृद्धि गर्ने तथा त्यस्ता बिपद्का बेला राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि दुवै संस्थाले मिलेर काम गर्नेछन् ।
यस सम्बन्धि समझदारीपत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र नेपाली सेनाका ब्यबस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापावीच बुधबार काठमाण्डौमा हस्ताक्षर भयो । सो कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्री र एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको समेत उपस्थिति थियो ।
समझदारीपत्रअनुसार नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यन्न जस्ता अत्याबश्यक मानवीय सामाग्री आदान प्रदान गर्न दुवै संस्था सहमत भएका छन् ।
सो अवसरमा प्रधानसेनापतिले नेपाली सेनाले भूकम्पताका गरेको राहत र उद्धारबारे जानकारी गराउँदै सेनाले आफ्ना सिमित श्रोत साधनका वावजुत पनि उल्लेखनिय कार्य गरेको र हाल प्रभावित क्षेत्रहरुमा अस्थायी आवासहरु निर्माण गरिरहेको बताए । गैरआवासीय नेपालीहरुले भूकम्पको समयमा निस्वार्थ भावनाबाट गरेको सहयोगको प्रसंसा गर्दै नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता ब्यक्त गरे ।

संघका अध्यक्ष घलेले यस सम्झौताले सबैलाई अझ जिम्मेवार बनाएको बताए । राहत वितरणमा नेपाली सेनाले पुराएको सहयोग लागि धन्यवाद दिंदै उनले सिमित श्रोतसाधन भएता पनि नेपाली सेनाको मनोबल र कार्यक्षमताबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । यही समन्वय र सहकार्यले आज यस सम्झौतापत्रसम्म ल्याईपुराएको भन्दै उनले संघलाई सेनासँग समन्वय र सहकार्य गर्ने अवसर दिएकोमा आभार प्रकट गरे ।

एनआरएनए र नेपाली सेनावीच हुनसक्ने सहयोगका क्षेत्र र आधार तय गर्न एक कार्यदल निर्माण गरी काम अगाडी बढाइने अध्यक्ष घलेले जानकारी दिए । कार्यदलमा रक्षा मन्त्रालयका प्रतिनिधिसमेत संलग्न हुनेछन् ।
यो समझदारीपश्चात बिश्वभरबाट नेपालीहरुले संकलन गरेका राहत रामाग्रीहरु पिडीत समुदायसम्म बितरण गर्न नेपाली सेनाले स्रोत, साधन र जनशक्ति उपलब्ध गराउने छ । यसैगरी गैरआवासीय नेपाली संघले बिपद् ब्यबस्थापन युनिटलाई आबश्यक पर्ने सामाग्रीहरु सहयोग गर्ने छ भने नेपाली सेनाको बिपद् ब्यबस्थापन क्षमतालाई अभिबृद्धि गर्ने तालिमका लागि समेत सहयोग गर्ने छ ।
महाभूकम्पका बेला एनआरएनले गाउँगाउँमा सहयोग बितरण गर्दा पनि नेपाली सेनाबाट अबिस्मरणीय सहयोग पाएको भन्दै अध्यक्ष घलेले औपचारिक रुपमा सहकार्य गर्दा बिपद् ब्यबस्थापन निकै प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।
गैरआवासीय नेपाली संघले मुलुकमा बाढीपहिरो, भूकम्प र महामारीजस्ता बिपद्का बेला राहत संकलनगरी बितरण र सहयोग गर्दै आइरहेको छ ।
गैरआवासीय नेपाली संघले संकलन गरेका राहत सामाग्री दुर्गम भेगमा तुरन्तै ढुवानी तथा बितरणका लागि समस्या हुने गरेको सन्र्दभमा संघले नेपाली सेनासँग यसका लागि सहकार्य गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment