+
+
Shares

वैज्ञानिकहरुले बनाए दुनियाकै सानो हार्ड ड्राइभ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते ९:१५

smallest hard driveतपाइँले फेसबुकमा फोटो अपलोड गर्दा होस् वा यु ट्युबको भिडियोमा कमेन्ट पोष्ट गर्दा होस् तपाइँका यी हरेक गतिविधिले हरेक दिन सिर्जना हुने एक अर्ब जिबी भन्दा बढि परिमाणको डाटा बढाउनमा योगदान गरेको हुन्छ ।

डाटाको यो परिमाण बढ्दै जाँदा विश्वमा इन्टरनेट डाटा संचय गर्ने क्षमताको अभाव हुँदैछ । अहिलेसम्म सानो भन्दा सानो परिमाणको डाटा संचय गर्न समेत डाटा स्टोरेज गर्ने तत्वका हजारौँ संख्याका परमाणुहरु प्रयोग आउँदछन् ।

तर अब भने वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसबाट परमाणु।परमाणुको हिसाबमा डाटा संचय हुन्छ । जसबाट दुनियाकै सबैभन्दा सानो हार्ड डिस्क तयार हुनेछ । यसबाट बढि प्रभावकारी तथा दक्षतापूर्ण हिसाबले डाटा भण्डारण गर्न सकिन्छ ।

क्लाउड स्टोरेज सिस्टमले धेरै ठाउँ तथा उर्जा खपत गर्दछ । खासगरी समाजले उत्पादन गरेको सूचनाको परिमाण बढ्दै जाँदा त्यसलाई भण्डारण गर्न चाहिने क्षेत्र र उर्जा बढिरहेको छ । यस्तोमा सूचना वा डाटा संचय गर्नका लागि चाहिने परमाणुहरुको संख्या घटाउन सक्नु नै समस्याको समाधान हुन्छ ।

सन् १९५९ मा भौतिकशास्त्री रिचार्ड फेम्यानले भविष्यवाणी गरेका थिए की यदि हरेक परमाणुहरुलाई खास मिल्दो प्याटर्नमा राख्न सकिएमा हरेक परमाणुमा डाटा संचय गर्न सम्भव हुन्छ ।

र, अहिले नेदरल्याण्डको डेल्फट विश्वविद्यालयका वैज्ञानिकहरुले ठ्याक्कै यहीँ कुरा गरेको दाबी गरेका छन् ।

उनीहरुले एक किलोबाइटको मेमोरी कार्ड बनाएका छन् जसमा क्लोरिन तत्वका हरेक परमाणुको अवस्थितिले एक बिट डाटाको प्रतिनिधित्व गर्दछ ।

मुख्य वैज्ञानिक प्राध्यापक सान्डर ओट्टेका अनुसार सिद्धान्ततः उक्त संचय घनत्वबाट विश्वमा अहिलेसम्म लेखिएका सबै किताबहरु एउटा हुलाक टिकट जत्रै मेमोरी कार्डमा अटाउन सकिन्छ ।

वैज्ञानिकहरु एक स्क्वाएर इन्चमा ५ सय टेराबाइट सम्मको डाटा भण्डार गर्न सक्ने मेमोरी बनाउन सफल भएका छन् जुन अहिलेको सबैभन्दा शक्तिशाली हार्ड डिस्क भन्दा ५ सय गुणा शक्तिशाली हो ।

वैज्ञानिकहरुका अनुसार उनीहरुले पत्ता लगाएको यो प्रविधिले वृहत डाटा सेन्टरहरुको आवश्यकतालाई उल्लेखनीय रुपमा घटाउने दाबी गरेका छन् ।

तर अहिले उनीहरुले बनाएका मेमोरी कार्डले केवल माइनस १९५ डिग्री सेल्सियस तापक्रममा र पूर्ण रुपमा भ्याकुम अवस्थामा मात्र काम गर्ने भएकाले यस्तो प्रविधि वास्तविक प्रयोगमा आउन अझै धेरै समय कुर्नुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?