Comments Add Comment

प्रधानमन्त्री ओलीको योजना समेट्दै बन्यो तीज गीत

'पाइपवाट ग्यास हैन दर खाने ब्यबस्था मिलाइदेउ'

pm-teej-songकाठमाडौं । प्रधानमन्त्री पदवाट राजीनामा दिने अन्तिम तयारीमा छन् केपी शर्मा ओली । सरकारमै रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै ओलीको पक्षमा लाग्नेहरु फेरि एकपटक जुर्मुराए ।

‘आइ एम वीथ केपी ओली’ भन्दै काठमाडौमा जुलुस निकाल्नेदेखि सामाजिक सञ्जालमा ‘ओली महान राष्ट्रवादी’ हुन् भन्नेहरुले थप चर्चामा ल्यायो प्रधानमन्त्री ओलीलाई ।

सरकारमा हुँदा उनले सुनाएका कतिपय योजना सुनेर जनता हाँसे त, कतिले उडाए । केहि योजनाले सर्वसाधारणलाइ आशावादी पनि बनायो । भारतले गरेको अघोषित नाकाबन्दीपछि नेपालवाटै ग्यास पेट्राल निकाल्नेदेखि पानी जहाज चलाउने समेत कुरा गरेका प्रधानमन्त्री ओली मजाकको पात्र समेत बने ।

उनै प्रधानमन्त्री ओलीको योजना समेट्दै कलाकारहरु तीज गीत गाउने प्रतिस्पर्धामा छन् । पानीजहाज शीर्षकको गीतमा बैकुन्ठ महत र शीतल शर्मा भन्दैछन्ः

चाइनावाट रेल हिँड्या थ्यो काठमाडौमा आउन

समाचारमा देखाउछ कि यसो टिभी लाम न

अब त हामी नि को भन्दा कम ?

प्रधानमन्त्री ओलीले पाइपवाट घर घरमा ग्यास जोड्ने गरेको कुरा मात्रै हैन, हेटौंडा काठमाडौ सुरुङ मार्गको समेत प्रसंग छ गीतमा । हावावाट निकालेको बिजुलीले घरमा एसी चलाएर बस्ने कुरालाइ कलाकारले ब्यङ्ग्य गरेका छन् । निरु खड्का (निर्मली) र राजु मास्टरले गीतमा मोडलिङ गरेका छन् ।

‘घर घरमा ग्यास पाइप’ शीर्षकको अर्को गीतमा प्रधानमन्त्री ओलीलले चन्द्रमामा बुद्धको सालिक बनाइदिन्छु भन्न बाँकी रहेको कुरा गरिएको छ । घर घरमा ग्यास पाइप ल्याउने कुरा गरेर जनता हँसाएको भन्दै ब्यङ्ग्य गरेका छन् कलाकारले ।

अरबीन्द्र भट्टराई र तुलसी घर्ती मगरको स्वर रहेको यस गीतमा कलाकारले ओलीकै भेषभुषामा मोडलिङ गरेका छन् । प्रधानमन्त्री ओलीले तुइनमुक्त मुलुक बनाउछु भन्दै दक्षिण नडराउने कुरा गरेकोमा पनि ब्यङ्ग्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment