+
+
Shares

पहिरोले पाँचथरमा एक घर पुरियो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते ९:५०

६ साउन, पाँचथर । अविरल वर्षाका कारण  पहिरो खस्दा पाँचथरको प्राङबुङमा एक ब्यक्तिको घर पुरिएको छ ।

pachthar-mapमङ्गलबार रातिदेखि परेको अविरल वर्षासँगै आज बिहान पहिरो खस्दा प्राङबुङ–३ बस्ने जीवन राईको घर तथा छिमेकी चन्द्र लिम्बुको भान्सा पुरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

पहिरोले राईको ढुङ्गामाटोको जस्ताले छाएको घर भत्किँदा रु आठ लाख बराबरको क्षति भएको छ भने लिम्बुको बाँसको टाटीले बनेको भान्सा भत्किँदा २५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?