Comments Add Comment

पल्सर स्पोर्टस अवार्ड आज

Pulsar-Sports-Award

६ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना भएको पल्सर स्पोर्टस अवार्डको १२औं संस्करण आज हुँदैछ ।

समारोह आज दिउँसो तीन बजेदेखि प्रज्ञा भवन कमलादीमा हुनेछ । अघिल्ला बर्षहरुमा जस्तै ८ बिधामा अवार्ड वितरण गरिनेछ ।

मञ्चले पाँच बिधाका लागि यसअघिनै उत्कृष्ट पाँचमा परेका खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक गरिसकेको छ । मनोनयनमा परेकाहरुमध्येबाट १/१ जनालाई बिजेता घोषित गरिनेछ । त्यस्तै अन्य तीन बिधाहरु बर्षको उत्कृष्ट पारा एथ्लिट अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र स्पेसल अवार्डका बिजेताको धोषणा आजै हुनेछ ।

बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ र बिकेश कुथु, भारोत्तोलनका बिकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका बिरबहादुर महरा छन् । त्यस्तै बर्षका उत्कृष्ट महिला खेलाडीको मनोनयनमा जुडोकी फूपू ल्हामु खत्री, उसुकी निमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की छन् ।

त्यस्तै बर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा उसुकी निमा घर्तीमगर, पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दीप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र फुटबलका अञ्जन विष्ट छन् । बर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, क्रिकेटका जगत टमाटा तथा फुटबलका राजुकाजी शाक्य र बालगोपाल महर्जन छन् ।

यता समर्थकको मतका आधारमा छानिने पिपुल्स च्वाइस अवार्डको मनोनयमा परेका खेलाडीहरुमा टेबलटेनिसकी नविता श्रेष्ठ, फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने, भारोत्तोलनकी तारादेवी पुन र भलिबलकी प्रतिभा माली छन् । गत असार १७ गतेदेखि खुल्ला गरिएको भोटिङ प्रणाली गएराति १२ बजेदेखि सकिएको छ । सबैभन्दा धेरै मत ल्याउने खेलाडीले पिपुल्स च्वाइस अवार्ड पाउनेछन् । यसअघि यसलाई बर्षको लोकप्रिय खेलाडीको बिधा अन्तर्गत पुरस्कृत गरिन्थ्यो ।

बर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी तथा पिपुल्स च्वाइस अवार्डको बिजेताले पुरस्कार स्वरुप पल्सर मोटरसाइकल पाउनेछन् । अन्य बिधाका बिजेताले जनही ५० हजार पुरस्कार पाउनेछन् ।

बिनाशकारी गोरखा भूकम्पका कारण मञ्चले गत बर्ष अवार्ड वितरण गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment