Comments Add Comment

आई पे रिलायबल र माछापुच्छ्रे बैकबीच रेमिट्यान्स सम्झौता

contract-maxapcuchre
६ साउन, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको रेमिट्यान्स भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पे रिलायबल रेमिट्यान्स र माछापुछ्रे बैकबीच रेमिट्यान्स सम्झौता भएको छ ।

विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले आफुलाई पायक पर्ने माछापुछ्रे बैकको शाखाबाट भुक्तानी लिन सक्नेछन् । विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापानलगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आई पे रिलायबल रेमिट्यान्स को नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु छन् र बैंक वित्तिय संस्थाको पहुँच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टरहरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment