Comments Add Comment

पेट्रोलियम कारोबार निजी क्षेत्रलाई दिने बाटो बन्द

Nepal-Oil७ साउन, काठमाडौं । सरकारले पेट्रोलियम कारोबारमा निजी क्षेत्र प्रवेश गर्न पाउने बाटो तत्कालका लागि बन्द गरेको छ ।

०६९ मा जारी भएको पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेशलाई बुधबार साँझ बसेको पेट्रोलियममा निजी क्षेत्रको प्रवेश बन्द गरेको हो ।

नियमन आदेशले निश्चित सर्त राखेर निजी क्षेत्रको प्रवेश खुला गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आपूर्ति मन्त्रालयले ८ कम्पनीलाई पेट्रोलियम पदार्थ तथा ३ कम्पनीलाई ग्यास कारोबारका लागि स्वीकृतिसमेत प्रदान गरेको थियो ।
तर, गठन आदेशै खारेर भएकाले स्वीकृति पाएका कम्पनीको इजाजत पनि स्वतः रद्द भएको छ ।

२१ असारमा विदेशबाट प्रशोधित पेट्रोल, डिजेल र मट्टीतेल ल्याएर कारोबार गर्ने गरी नेसनल पेट्रोलियम, विराट पेट्रोलियम, पेट्रोलिम्याक्स, हिमालयन इन्टरप्राइजेज, ट्रान्स हिमालयन कर्पोरेसन, सोनापुर मिनरल एन्ड आयल, बिबी पेट्रोलियमलाई पूर्वाधार निर्माण गर्न अनुमति दिइएको थियो । त्यसअघि मालिका पेट्रोलियमले इजाजत पाइसकेको थियो ।

त्यस्तै, पेट्रोलिम्याक्स प्रालि, मालिका पेट्रोलियम र अविनाश इनर्जी प्रालिले ग्यास उद्योगको पूर्वाधार निर्माण स्वीकृति पाएका थिए । मन्त्रिपरिषद्बाटै स्वीकृति भएर कार्यान्वयनमा आएको गठन आदेश अर्को मन्त्रिपरिषद्ले खारेज गरेकाले तत्काल कार्यान्वयनमा ल्याउन समस्या हुनेछ । तसर्थ केही वर्षका लागि निजी क्षेत्रले पेट्रोलियममा कारोबार गर्न पाउने सम्भावना न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment