+
+
Shares

ट्याक्सी किन्न भूकम्प पीडितको २५ सय आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते ६:०५

Taxi-new७ साउन, काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दता गर्न आवेदन खुलाएको दुई दिनमै २५ सय भन्दा बढीले आवेदन दिएका छन् ।

बुधबार एक हजार १०२ र आज एक हजार ४०० गरी दुई हजार ५०२ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए ।

“यही गतिमा आवेदन दर्ता भएमा एकमहिने अवधिमा १५ हजारभन्दा बढी ट्याक्सीका लागि आवेदन दर्ता हुने देखिन्छ, लामो समयदेखि दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्”– उनले भने । चौध वर्षपछि गत वर्ष विभागले एक हजार ८०० ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो । अाजको कारोबार दैनिकमा समाचार छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ ।

ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

“गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट पीडित भई आधिकारिक प्रमाणपत्र पाएकालाई अहिलेको भन्दा गुणस्तर र क्षमता कम नहुने गरी एक हजार ५०० ट्याक्सी दर्ता सुरु भएको हो”– उनले भने।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?