+
+

फेला पर्यो चारखुट्टे कुखुरा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते ९:३१

चरा चुरुंगीका दुइ खुट्टा हुन्छन् । तर भारतमा भने एउटा चारखुट्टे कुखुरा भेटिएको छ ।

henउत्तर प्रदेशको हापुडस्थित कुखुराको मासु पाइने एउटा पसल आजकल निकै चर्चामा छ । यो मामुली पसलले यति धेरै चर्चा पाउनुको एक मात्र कारण हो दिल्ली मण्डीबाट त्यहाँ ल्याइएको एउटा चारखुट्टे कुखुरा ।

दुनियामै कहीँ नभएको चार खुट्टे कुखुरा फेला परेपछि त्यहाँ ठूलै हंगामा नै भएको छ । उक्त कुखुरा निकै कौतुहलताको विषय बनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

उक्त पसलमा कुखुराको मासु किन्न आएका मानिसहरु उक्त जिउँदो कुखुरालाई हेरेर कसैले त्यसलाई भगवानको रुप भन्दछन् भने कतिपयले त्यसलाई चमत्कार भन्दछन् ।

कतिपयले त यो चमत्कारी कुखुरा किन्नका लागि महंगो मूल्य तिर्न समेत तयार भैसकेका छन् । एक जना व्यक्तिले उक्त कुखुरा ४ हजार भारुमा आफुले किन्ने प्रस्ताव गरे । तर पसलका मालिक मोहम्मद कासिम तथा मोहसिनले उक्त अनौठो कुखुरा बेच्न अस्विकार गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?