७ साउन, ताप्लेजुङ । पाँचथरको रानिटार १ स्थित नाम्दु खोलाको भीरमा घाँस काट्न गएका एक बृद्ध मृत फेला परेका छन् ।
पाँचथरको रानिटार गाविस १ बस्ने ८१ बर्षीय सार्कीमान राई घाँस काट्न विहीबार बिहानै घरबाट हिँडेका थिए । अबेरसम्म पनि घर नफर्किए पछी खोजी गर्ने क्रममा दिउँसो २ बजे तिर रानिटार १ स्थित नाम्दु खोला भीरबाट अन्दाजी २०० मिटर तल मृत अवस्थामा आफन्तले भेटपछी प्रहरीलाई खबर गरेका थिए ।
मृतकको सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ भने घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4