Comments Add Comment

कफीले बचाउँछ क्यान्सरबाट, तर…

coffeeकफीका शौखिन हरेक व्यक्तिहरुलाई कफीको हरेक स्वाद मन पर्दछ, चाहे त्यो कोल्ड कफी होस् वा हट कफी । तर यदि तपाइँलाई कोल्ड कफी मन पर्छ भने यो तपाइँका लागि सुखद विषय हुनसक्छ ।

हालै भएको एक अध्ययनबाट के पत्ता लागेको छ भने कोल्ड कफी पिउनाले क्यान्सरबाट बच्न सकिन्छ । यो विषयमा विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान इकाइले अध्ययन गरी नतिजा सार्वजनिक गरेको हो ।

डब्लु एच ओले सन् १९९१ मा कफीलाई रक्त क्यान्सर बढाउने पदार्थको रुपमा वर्गिकरण गरेको थियो । तर १ हजार भन्दा धेरै अध्ययनहरुको समीक्षा पछि इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर, जुन विश्व स्वास्थ्य संगठनको एउटा इकाइ हो, ले भनेको छ की कफीलाई क्यानसर उत्पन्न गराउने खाद्य पदार्थको श्रेणीमा राख्न सकिँदैन ।

द भर्जमा छापिएको समाचार अनुसार तर यदि बढि तातो कफी पिएमा भने त्यसले क्यान्सरको खतरा उत्पन्न गराउन सक्दछ ।

आइएआरसीले विभिन्न २३ जना वैज्ञानिकबाट कफी तथा हर्बल चियासँग क्यान्सरको खतराको सम्बन्धका विषयमा समीक्षा गराएको थियो । सबै वैज्ञानिक समीक्षाबाट कफीलाई क्यान्सरको कारक तत्व नभएको निष्कर्ष निकालियो ।

डब्लु एच ओ को क्यानसर रिचर्स इकाइका अनुसार ६५ डिग्री सेल्सियस भन्दा बढि तातो कफी पिउनाले भने अन्न नलीको क्यान्सरको खतरा उत्पन्न हुनसक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment