Comments Add Comment

राष्ट्रिय सेवा दलमा विद्यार्थीको आकर्षण

1 photo Sews dal_Nepali Sena१० साउन, ताप्लेजुङ । राष्ट्रिय सेवा दलको तालिममा ताप्लेजुङका विद्यार्थीहरुको आकर्षण बढेको छ  ।

एक सय दिनसम्म सञ्चालन हुने यो तालिमले विद्यार्थीको भौतिक र बौद्धिक विकासमा सहयोग पुर्याउनुका साथै उनीहरूलाई असल नागरिक बन्न प्रेरित गर्ने भएकाले पनि यसमा विद्यार्थीको आकर्षण देखिएको हो ।

ताप्लेजुङमा रहेको नयाँ रणभीम गुल्मले सदरमुकामस्थित भानुजन उच्च माध्यमिक विद्यालयका ३६ जना छात्र छात्रालाई यो तालिम दिन सुरु गरेको छ । एउटा व्याचमा ३६ जना विद्यार्थीले तालिम पाउने र जसमा १८ छात्र र १८ छात्राको सहभागिता रहेको नयाँ रणभीम गुल्मका गुल्म पति सुवास केसीले बताए ।

यस तालिममा कक्षा ८ र ९ का विद्यार्थी सहभागि रहेका छन् ।  दैनिक एक घण्टा अतिरिक्त समयमा यसको तालिम हुने भएकाले नियमित कक्षामा कुनै असर नपर्ने गुल्म पति केसिको भनाई छ । तालिम जिल्लामा ७९ दिन र मोरङको ईटहरीमा २१ दिन हुने बताईएको छ ।

माध्यामिक तहका विद्यार्थीलाई जुनियर र उच्च माध्यामिक तहका विद्यार्थीलाई सिनियर डिभिजन तालिम दिने गरिएको छ । विद्यार्थीमा अनुशासन, नेतृत्व विकास, वफादारिता, राष्ट्रिय एकताको भाव पैदा गर्दै स्वयम्सेवक दस्ता उत्पादन गर्ने यसको लक्ष्य रहेकोे गुल्मपति केसिले बताए ।

राष्ट्रिय सेवा दलले यो वर्ष देशभरका ३६ वटा शाखाबाट २ हजार छात्र छात्रालाई जुनियर डिभिजन तालिम सञ्चालन गर्ने जनाएको छ । तालिममा उत्कृष्टता हासिल गर्ने विद्यार्थीले विदेशमा पनि आˆनो प्रस्तुति देखाउन पाउँनेछन् । जुनियर डिभिजनका लागि माध्यमिक तहमा अध्ययनरत १४ वर्ष उमेर पुगेको हुनुपर्छ ।

केटाको उचाइ कम्तिमा ५ फिट र केटीको ४ फिट १० इन्च हुनुपर्छ । सिनियर डिभिजनमा तालिम लिन चाहनेहरूले प्लस टु पढिरहेको र उमेर कम्तिमा १६ वर्ष पुगेको हुनुपर्छ । केटाको उचाइ कम्तिमा पाँच फिट र केटीको ४ फिट १० इन्च हुनुपर्ने प्रावधान रहेको नेपाली सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment