+
+
Shares

नेपाली सेनाले युवा-विद्यार्थीलाई तालिम दिने प्रस्ताव भएको विधेयक पेस

राष्ट्रिय सेवा दल विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । यो विधेयकमा नेपाली सेनाले युवा/विद्यार्थीलाई तालिम दिने सम्बन्धी व्यवस्थाहरू प्रस्तावित छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १५:४६

२५ असार, काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । यो विधेयकमा नेपाली सेनाले युवा/विद्यार्थीलाई तालिम दिने सम्बन्धी व्यवस्थाहरू प्रस्तावित छ ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले बिहीबार यो विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन् ।

यो विधेयक ल्याउनुपर्नाको कारण दिँदै मन्त्री गौतमले नेपालको संविधानको धारा ५१ को खण्ड (क) (राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति) को क्र.सं. (६) मा राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख भएको बताइन् ।

विद्यमान राष्ट्रिय सेवा दल ऐन २०२७ को संशोधनबाट मात्र उल्लिखित व्यवस्था सम्बोधन गर्न र ऐनलाई समय सापेक्ष बनाई कार्यान्वयन गर्न सहज नहुने भएकोले प्रचलित ऐनलाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्नु परेको मन्त्री गौतमले बताइन् ।

उनले भनिन्, ‘विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रुपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानूनी व्यवस्था गर्न आवश्यक परेकोले प्रस्तुत विधेयक संघीय संसदमा पेश गर्नु परेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?