Comments Add Comment

६ महिना पहिले बढेको घरजग्गा कर घट्यो

असोजभित्र तिर्नेलाई दश प्रतिशत छुट दिइने

Ploting

११ साउन, काठमाडौं । काठमाडौ महानगरपालिकाले गत फागुनदेखि तीन गुणा  बढाएको घरजगा करमा कटौती गरेर लगभग पुरानै अबस्थामा फर्काएको छ ।

अब घर तथा जग्गाधनीहरुले फागुन अगाडी तिर्दै आएको करमा जम्मा १५ प्रतिशत मात्रै बढाएर तिरे पुग्ने छ ।
कार्यान्वयन भइसकेको घरजग्गा करको दर घटाउँदै महानगरपालिकाले नगरबासीलाई राहत दिएको हो । सरकारले गत वर्ष घरजग्गा कर तीनगुणा बढाएको थियो ।

अहिले फागुनअघिसम्म कायम रहेको करमा १५ प्रतिशत मात्रै कर बढाइएको छ । यसअघि काठमाडौंभित्र मुख्य सडकअन्तर्गत ३ आनासम्म ३ हजार र त्यो भन्दा बढीलाई प्रतिआना १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएकोमा अब प्रतिआना १ हजार र एक रोपनीभन्दा धेरै भएमा २० हजार रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै सहायक पीच सडक अन्तर्गत यसअघि ३ आनासम्मलाई ३ हजार र त्यो भन्दा बढीलाई एक हजार रुपैयाँ लिने गरिएकोमा अब  प्रतिआना ८ सय र एक रोपनी माथिलाई १५ हजार रुपैयाँसम्म कर लाग्ने बनाइएको छ ।

सरकारले स्थानीय स्वायत्त शासन नियमावली २०५६ संशोधन गर्दै गत वर्ष ९ कात्तिकदेखि लागू हुने गरी साना करदाताले तिर्दै आएको घरजग्गा कर तीनगुणा वृद्धि गरेको थियो । घरजग्गा करका ठूला करदाताका लागि भने तीनगुणा कर घटाइएपछि साना कर दाताले पनि यसका लागि आवाज उठाएका थिए ।

कांग्रेस नेता नविन्द्रराज जोशी नेतृत्वमा साना करदाताले महानगरपालिकालाई कर घटाउन दबाव दिएका थिए । दबाव पनि महानगरपालिकाले नगरपरिषदको २८औं बैठकले बढेको करको १५ प्रतिशतभन्दा बढी रकम नलिने निर्णय गरेको हो ।

सरकारले स्थानीय स्वायत्त शासन नियमावली ०५६ को अनुसूची ८ संशोधन गरी घरजग्गा कर मूल्यांकन गर्ने ५ वटा नयाँ दररेट कायम गरेका कारण हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको थियो । अब भने पहिलेको भन्दा १५ प्रतिशत बढी मात्रै कर तिर्दा हुनेछ । अझ करदाताले हरेक वर्षको असोज मसान्तभित्र कर तिरे १० प्रतिशत छुट पाउने व्यवस्था छ ।

ghar jagga

अब असोजभित्रै वर्षभरिको कर तिर्नेले जम्मा ५ प्रतिशत कर बढी मात्रै तिर्दा हुनेछ । घरजग्गा कर महानगरपालिकाको प्रमुख आम्दानीको स्रोत हो । गत आर्थिक वर्ष महानगरपालिकाले ४६ करोड भन्दा बढी राजश्व यसै शिर्षकमा उठाएको थियो ।

यसअघि कच्ची बाटोमा रहेको ३ आनासम्मको घरजग्गामा प्रतिआना २ हजार र त्यो भन्दा बढीमा प्रतिआना ८ सय रुपैयाँ कायम थियो । नयाँ दरअनुसार प्रतिआना ५ सय र एक रोपनी माथिको हकमा १० हजार रुपैयाँ मात्रै कर लाग्ने भएको छ ।

गोरेटो बाटो प्रमाणित भएको तर बाटो भएको वा नभएको बाटोेमा रहेको ३ आनासम्मको जग्गालाई १ हजार र त्यसन्दा बढीलाई प्रतिआना ८ सय रुपैयाँ लिने गरिएकोमा अब क्रमश प्रतिआना ३ सय लिने निर्णय भएको छ । गत फागुन १ गतेबाट लागू भएको घरको मूल्यांकन दरलाई पनि महानगरपालिकाले परिवर्तन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment