
१२ साउन, प्यूठान । अविरल वर्षासँगै प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या बढेको छ ।
आज विहान प्यूठान फोप्ली ६ सिममा चार घर पहिरोले बगाउँदा थप तीन जनाको मृत्ये भएको छ भने चार जना वेपत्ता भएका छन् ।
नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमतीको पहिरोमा परी मृत्यु भएको छ ।
हरिबहादुर केसी र उनकी श्रीमती, नरबहादुर बुढाथोकी र उनकी श्रीमती पहिरोमा परी वेपत्ता भएको प्रहरीले जनाएको छ । यो सँगै पहिरामा परी वेपत्ता हुनेको संख्या २४ पुगेको छ ।
पहिरोमा फसेका नानुमैया केसी र भीमसेन पुनको सकुसल उद्धार गरिएको छ ।