१२ साउन, पर्वत । अविरल बर्षापछि झरेको पहिरोमा पुरिएर पर्वतको माझफाँट गाविसमा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
मंगलबार राति १ बजे ५० मिटर माथिबाट झरेको पहिरोले माझफाँट-३ मा सञ्चालित धवलागिरी कपास उद्योगमा क्षति पुर्याउँदा उद्योगमा बस्ने १२ बर्षीया अंकिता तामाङ थापाको मृत्यु भएको हो ।
घाइते अवस्थामा रहेकी अंकिताको उपचारका लागि मणिपाल अस्पताल पोखरा तर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त कपास उद्योगको केही भागमा पहिरोले क्षति पुर्याउँदा १५ लाखभन्दा बढीको क्षति भएको समेत जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
माधव पराजुलीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4