Comments Add Comment

जियोनीको नयाँ स्मार्टफोन ‘एफ १०३ प्रो’ नेपाली बजारमा

gionee-f103-pro-Final-3
१२ साउन, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता जियोनीले नेपाली बजारमा नयाँ मोडेल ‘एफ १०३ प्रो’ ल्याएको छ । कम्पनीले यो स्मार्टफोन सेल्फी पारखीलाई ध्यानमा राखेर बनाएको हो ।

यसअघि जियोनीले एफ १०३ मोडल भित्राएको थियो । जुन मोडल नेपाली ग्राहकले रुचाएका छन् । ‘एफ १०३ प्रो’लाई ‘सेल्फी मास्टर’ भनी नेपाली बजारमा भित्राइँदै छ ।

एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएका छन् । यसमा २.५ डी ड्रागन टेल ग्लासले सुरक्षित ५ इञ्चको एचडी आइपीएस डिस्प्ले रहेको छ । आकर्षक डिजाइन रहेको यो स्मार्टफोनमा ग्राहकको तत्कालै नजर पुग्छ ।

gionee-f103-pro-Final

यसमा १३ मेगापिक्सेल फास्ट फोकस रियर क्यामेरा र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । रियर क्यामेरामा टेक्स्ट रिकोगनिसन, टाइम ल्याप्स र अरु थुप्रै आकर्षक फिचरहरु रहेका छन् । फ्रन्ट क्यामेरामा फेस ब्युटी र स्क्रिन फ्लास लगायतका फिचर छन् । जसले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फिहरु खिच्ने छ ।

एफ १०३ प्रोमा १.३ गिगाहर्ज क्वाडकोर मिडियाटेक एमटी ६७३५ प्रोसेसर, डिटीएस साउन्ड प्रविधि, ३ जीबि ¥याम र १६ जीबी रोम, एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण ६.० मार्शमेलोमा आधारित जियोनीको आफ्नै सफ्टवेर अमिगो ३.२ लगायत छन् ।

gionee-f103-pro-Final-2

डुअल सिम सुविधा रहेको यो स्मार्टफोनमा २४०० एमएएचको ब्याट्री रहेको छ । जसले २० घण्टाको टक टाइम र ४७० घण्टाको स्टान्डबाई टाईम प्रदान गर्ने कम्पनीको दाबी छ ।

सीडीएमए सेट पनि चल्ने यसमा ओटिजी प्रविधि पनि छ । ८.५ मिमी पातलो र १४३ ग्राम तौलको यो स्मार्टफोन गोल्डेन, ह्वाइट र ग्रे गरी ३ कलरमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment