+
+

शुल्क विवरण नै बुझाउँदैनन् विद्यालय

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १३ गते ६:२२

school१३ साउन, काडमाडौं । शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि उपत्यकाका थुप्रै संस्थागत विद्यालयले शुल्क विवरण बुझाउन अटेर गरिरहेको पाइएको छ ।

हरेक शैक्षिक सत्रसँगै विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण बुझाउनपर्नेमा उपत्यकाका अधिकांश संस्थागत विद्यालयले विवरण बुझाउन अटेर गरिरहेका छन् ।

उपत्यकामा रहेका करिब १ हजार ५ सय विद्यालयको अनुगमन सम्भव नभए पनि ती विद्यालयले जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण भने अनिवार्य बुझाउनपर्छ । तर,शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि विवरण नबुझाउने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन नसकिए अाजको राजधानी दैनिकमा समाचार छ ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरका ३० संस्थागत विद्यालयले शुल्क विवरण बुझाएका छैनन् ।  भक्तपुरमा २ सया ५ संस्थागत र १ सय २७ सामुदायिक विद्यालय छन् ।

भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन  रायमाझीले शुल्क विवरण नबुझाउने विद्यालयलाई अन्तिम पत्र काटिसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?