+
+
Shares

सरकार नबन्दै माओवादी नेताको घरमा नियुक्ति माग्नेको ताँती

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १३ गते ६:५४

Prachanda (2)१३ साउन, काठमाडौं । प्रधानमन्त्रीका रुपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा अबलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श  थालेका छन् ।

सत्ता गठबन्धनको प्रमुख साझेदार कांग्रेससँग प्रधानमन्त्री र अर्थमन्त्रीसहित आठ मन्त्रालय लिने समझदारी बनाएका प्रचण्डले विगतको समिक्षा गरी आगामी दिनमा अवलम्बन गर्नु पर्ने नीतिका बारेमा परामर्श थालेका छन् ।

‘अब सरकारमा जाँदा कस्तो नीति लिनुपर्छ, मलाई सल्लाह दिनुस्,’प्रचण्डले केन्द्रीय सचिवालयका नेताहरुसँग बुधबारको बैठकमा भने । तर नेताहरुको सुझाव सुन्न नपाउँदै प्रचण्ड अर्को बैठकमा जानु पर्ने हतारमा रहेका कारण बिहीबार बिहान बैठक बोलाइएको छ ।

संविधान कार्यन्वयनका लागि चैतसम्म स्थानीय निकायको निर्वाचन गराइसक्नुपर्ने, तराई मधेसका मुद्दा संशोधन गर्न संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने, संविधान संशोधनका लागि प्रतिपक्षमा बस्न लागेको एमालेलाई सहमतिमा ल्याउनु पर्ने, भारत र चीनसहित अन्तर्राषट्रिय समुदायका बीचमा सन्तुलित कूटनीति कायम राख्न सक्नु पने, भूकम्प पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने, आफूभन्दा ठूलो दल कांग्रेससँगको समझदारीलाई बचाइराख्नु पर्ने, सशस्त्र द्वन्द्वकालीन मुद्दालाई किनारा लगाएर शान्तिप्रक्रियालाई पूर्णता दिनु पर्ने, योग्य र दक्षलाई मन्त्री बनाउन र राजनीतिक नियुक्तिमा पनि क्षमतावानलाई प्राथमिकता दिन नेताहरुले सुझाव दिन थालेका छन् ।

यसैबीच प्रचण्ड, नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुनसमक्ष राजनीतिक नियुक्तिका लागि सिफारिस लिएर जानेको ताँती लाग्न थालेको आजको अन्नपूर्णमा समाचार छ ।

आफ्नै पार्टीका नेताले आफू निकटका व्यक्तिलाई विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गर्न थालेको एक नेताले बताए ।

स्रोतका अनुसार बुधबार प्रवक्ता पम्फा भुसालले नेता हितमान शाक्यका ससुरा लोकबहादुर थापालाई राजनीतिक नियुक्तिका लागि सिफरिस गरेकी थिइन् ।

त्यस्तै मलेसियाका लागि पूर्वराजदूत ऋषि अधिकारीको नाम प्रचण्ड, महरा र पनसमक्ष सिफारिस भएको स्राेतले बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?