+
+
Shares

काभ्रेको बोल्देफेदिचे पहिरोको उच्च जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १३ गते ७:२३

landslide2१३ साउन, बनेपा। भूकम्पका कारण जमिन धाँजा फाटेको काभ्रेपलाञ्चोकको बोल्देफेदिचे गाविसमा वर्षासँगै पहिरोको जोखिम बढेको छ । सोे स्थानमा बस्ती स्थानान्तरण नहुँदा स्थानीय जोखिम मोलेर बस्न बाध्य भएका छन् ।

भूकम्पका कारण काभ्रेपलाञ्चोकको सात गाविसका ३७२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एक वर्षअघि नै भौगर्भिक अध्ययन टोलीले सरकारलाई सुझाव दिएको थियो । तर जिल्ला प्रशासन कार्यालय, धुलिखेलले बोल्देफेदिचे गाविसमा मात्रै ६२ घरधुरी जोखिममा भएकाले उनीहरुलाई स्थानान्तरणको प्रक्रिया अघि बढेको जनाएको छ ।

प्रजिअ बालकृष्ण पन्थीले भौगर्भिक अध्ययन टोलीले बोल्देफेदिचे गाविसको ६२ घर जोखिममा रहेकाले उनीहरुलाई स्थानान्तरण गर्न सुझाएकाले दलहरुसँग समन्वय गरेर काम अघि बढेको जिकिर गर्दै अन्य ठाउँमा सर्तकता अपनाउन भनिएको बताए ।

बोल्देफेदिचेमा बस्तीमाथि रहेको फिलाइट चट्टान फुटेको तथा चट्टानमा दायाँबायाँ चिरा परेकाले जोखिम रहेको उल्लेख गर्दै उनीहरुलाई पुर्नवासको व्यवस्था गर्न अध्ययन टोलीले सुझाव दिएको थियो । जिविसका अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले जिल्ला प्राविधिक कार्यालय र भूसंरक्षण कार्यालयबाट इन्जिनियर परिचालन भएको उल्लेख गर्दै अध्ययन प्रतिवेदन आएपछि पुर्नवासका लागि प्रक्रिया अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?