काठमाडाैं । अमेरिकी राष्ट्रपति बराक ओवामाका सौताने भाइ मलिक ओवामाको भनाई यो छ कि उनी आसन्न राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई भोट दिनेछन् ।
मलिक ओवामा एक मुस्लिम हुन् र उनीसँग केन्या र अमेरिका दुवै मुलुकको नागरिकता छ ।
बिबिसीसँगको कुराकानीमा उनले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारले जस्तै मुसलमानलाई अमेरिकाका प्रबेशमा प्रतिबन्ध लगाउने प्रस्तावलाई ‘कमन सेन्स’ भनेका छन् ।
सुरक्षाको दृष्टिबाट आएको ट्रम्पको यस भनाईको चौतर्फी आलोचना भएको थियो ।
मलिक ओवामाले राष्ट्रपति बराकमाथि परिवारलाई टाढा बनाएको आरोप लगाएका छन् । बिबिसीको एक कार्यक्रममा उनले राष्ट्रपति दाजु बराकप्रति कटाक्ष गर्दै भनेका छन् कि डेमोक्रेटिक कन्भेन्सनमा केन्याबाट ओवामा परिवारको कुनैपनि सदस्य सहभागी हुनेछैनन् ।
मलिकले भनेका छन् कि यो निराशाजनक र केहि हदसम्म पाखण्डी हो । ‘राष्ट्रपतिले आफ्नो बिरासतको बारेमा ठूला ठूला कुरा गरे र अव एक पक्षबाट सबै गायव भएको छ ।’
उनले भनेका छन् कि उनले डेमोक्रेटिक पार्टीलाई भनइ रिपब्लिकन पार्टीलाई भोट दिनेछन् ।
मलिक ओवामा सन् १९८० को दशकको मध्यदेखिनै अमेरिकाको वाशिंटनमा बसिरहेका छन् र जानकारहरुका अनुसार उनी केन्याको राजनीतिमा भूमिका निभाउन चाहन्छन् ।
सन् २०१३ मा उनले कार्यालयपनि खोलेका थिए तर सिआया काउन्ट्रीको गभर्नर बन्ने दौडमा उनी पराजित भए ।
बराक ओवामा अमेरिकाको हवाईमा जन्मिएका थिए । उनकी आमा अमेरिकी हुन् भने बाबु केन्याका हुन् । जव बराक २ बर्षका थिए त उनका पिता परिवार छोडेर हिँडे । सन् २००९ मा राष्ट्रपति बनेपछि पहिलो पटक पछिल्लो बर्ष बराक ओवामा केन्या गएका थिए ।
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन प्रतिस्पर्धीको रुपमा छन् ।
प्रतिक्रिया 4