महिलाहरुको महान् पर्व तीज नजिकिदै जाँदा नेपाली सांगीतिक क्षेत्रका गायक-गायिकालाई पनि यसको रौनकले छोएको छ । कोही कलाकार तीजको गीतको भिडियो सार्वजनिक गरेर विदेशमा कार्यक्रमका लागि पुगिसकेका छन् भने कतिपय तीज गीतको निर्माणकै तयारीमा छिन् । यही क्रममा, गायिका माडण्डवी त्रिपाठीले पनि २ वटा तीज गीतको भिडियो तयार पारेकी छिन् ।
‘डाली नुग्यो निरमाया’ र ‘यो तीजमा पनि कम्मरे भाँच्ने हो’ बोलको गीतको भिडियो छायांकन गरिएको छ । दुबै गीतमा विपिन आचार्यको शब्द तथा संगीत छ । दुबै भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी छ ।
पहिलो गीतमा पवित्रा आफैले मोडलिङ गरेकी छिन् भने दोश्रो गीतमा पवित्रा र मोडल अनु शाहले मोडलिङ गरेका छन् । पवित्राले १ दिनमै २ वटा भिडियोको छायांकन सकाएकी थिइन् । दुर्गा पौडेलले भिडियोको छायांकन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4