Comments Add Comment

दिल्लीको कोठीबाट नेपाली बालकको उद्धार

Nepali-Child-Rescue-from-India
१३ साउन, बुटवल । दुई वर्षदेखि भारतीय कोठीमा शोषणमा परेका एक बालकलाई प्रवासी नेपाली मित्र मञ्चले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । मञ्चले हालसम्म १ हजार ९ सय ९१ जनालाई उद्धार गरेको दाबी गरेको छ ।

भारतको कोठीमा शारिरीक तथा मानसिक यातना भोग्दै आएका मोतिपुरको रानीगञ्ज निबासी प्रेम परियार र पवित्रा परियारका छोरा आशिषलाई मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले एक समारोहबीच हस्तान्तरण गरे ।

रोजगारी लगाइदिने प्रलोभनमा दुई वर्षअघि आशिषलाई आफन्तले दिल्ली पुर्‍याएका थिए । उनलाई दिल्लीस्थित चाइल्ड वेल्डफेयरको सहयोगमा कोठीबाट मुक्त गराइएको प्रवासी नेपाली मित्र मञ्चले जनाएको छ ।

मित्र मञ्चले साविक मोतिपुर-१ का वडा नागरिक मञ्च संयोजक छविकला तिवारीको रोहबरमा आशिषलाई परिवारको जिम्मा लगाएको मञ्चका प्रचार सचिव जगविरसिंह क्षेत्रीले बताए ।

सन् १९९० देखि भारतमा क्रियाशिल प्रवासी नेपाली मित्र मञ्चले बालबालिका, पुरुष, वृद्धा, असहाय भई अलपत्रमा परेका नेपालीको पक्षमा वकालत गर्दै उनीहरुलाई सम्बन्धित घर परिवारमा पुर्‍याउँदै आएको छ ।

मञ्चले हालसम्म १ हजार ९ सय ९१ जना त्यस्ता व्यक्तिहरुलाई भारतबाट उद्दार गरी नेपालमा सम्बन्धित घरपरिवारमा हस्तान्तरण गरेको मञ्चका उपकोषाध्यक्ष दिपक अधिकारीले जानकारी दिए ।

आशिषका बुवा प्रेम र आमा पवित्राले दुई वर्षदेखि सम्पर्कविहीन छोरोलाई उद्धार गरिदिएकामा प्रवासी नेपाली मञ्चप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment