Comments Add Comment

संसदीय सुनुवाईमा सपनाको प्रश्नः सभासद भएकै भरमा म जीवनभर अयोग्य भएँ ?

Sapana-Malla-Pradhan,-Photo-RSS
सपना मल्ल प्रधान । तस्वीर: रासस

१३ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सपना मल्ल प्रधानलाई राजनीतिक आवद्धतता र निष्पक्षतालाई लिएर प्रश्न उठाएका छन् । तर, जवाफमा उनले प्रतिप्रश्न गरेकी छन् ।

बिहीबार भएको सुनुवाईका क्रममा कांग्रेस सांसदहरु डा. प्रकाशशरण महत, आनन्दप्रसाद ढुंगाना, बालकृष्ण खाण लगायतले विगतमा एमालेको सभासदको रुपमा काम गरेको पृष्ठभूमि रहेको अवस्थामा तपाईंले भोलि राजनीतिक अभिष्ट पूरा हुने गरी संविधानको व्याख्या गर्नु हुँदैन भन्ने आधार के ? भनेर प्रश्न गरे ।

उनीहरुले प्रस्तावित न्यायाधीश मल्ललाई दलको झण्डामुनी बसेको विगतबाट भविष्यमा तपाईंबाट निष्पक्ष न्याय हुन्छ भनेर कसरी विश्वास गर्ने ? लगायतका प्रश्न गरे ।

नेकपा एमालेकी सांसद् अष्टलक्ष्मी शाक्यले समेत प्रस्तावित न्यायाधीश मल्लको निष्पक्षतालाई लिएर प्रश्न गरिन् ।

खासगरी पहिलो संविभानसभामा एमालेको तर्फबाट सभासद् भएको सन्दर्भलाई जोडेर सांसदहरुले गरेको प्रश्न प्रस्तावित न्यायाधीश मल्ललाई चित्त बुझेन ।

जवाफ दिने क्रममा उनले सांसदहरुलाई नै उल्टै प्रश्न गरिन् । प्रस्तावित न्यायाधीश मल्लके राजनीति गर्ने मान्छेमा स्वतन्त्र चिन्तन हुँदैन ? के एक पटक सभासद् भएका आधारमा म अब जीवनभरका लागि अयोग्य भएँ ? के मसँग भएको क्षमता अब कहिल्यै काम नलाग्ने भयो ? लगायतका प्रश्न गरेकी छन् ।

पहिलो संविधानसभामा एमालेले सभासद् बनाएपनि आफू पार्टीको साधारण सदस्य समते नरहेको उनको दाबी छ । विज्ञतालाई कदर गरेर सभासद्को प्रस्ताव गरेकाले स्वीकार गरेको भन्दै उनले आफू संविधानसभामा एमालेको लोगो लगाएर नगएको दाबी गरिन् ।

प्र्रस्तावित न्यायाधीश मल्लले संविधान र कानूनमा कहीँ पनि राजनीति गरेको व्यक्ति न्यायाधीश हुन नपाउने भनेर उल्लेख नगरिएको सांसदहरुलाई स्मरण गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment