Comments Add Comment

पोखरीमा डुबेर एकै गाउँका तीन बालकको मृत्यु

१३ साउन, भैरहवा । रुपन्देहीको लुम्बिनी क्षेत्रमा पौडी खेल्ने क्रममा एकै गाउँमा ३ बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

लुम्बिनी संस्कृतीक नगरपालिका १ खुनगाईका १० वर्षीय विक्की सिंह, अतिश बनियाँ, र श्यामलाल कहार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गाउँभन्दा पुर्व तर्फ रहेको पोखरीमा (कल्बट छेउमा करिब ५० फिटको खाल्डो) बालकहरु पौडी खेल्ने क्रममा उनीहरुको डुबेको र उद्दार गरेर उपचारको लागि अस्पताल ल्याउने क्रममा उनीहरुको मृत्यु भएको डिएसपी रामेश्वर कार्कीले बताए ।

कल्बट छेउमा खनिएको करिब ५० फिटको खाल्डो लगातार वर्षाका कारण पानीले भरिएको थियो । मृतक बालकहरुको शव पोष्टमार्टमको लागि भैरहवा भिम अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment