Comments Add Comment

के हुँदै छ कांग्रेसका भ्रातृ संस्थामा ?

१६ साउन, काठमाडौं । नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ ।

पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, कल्याण गुरुङ, प्रदीप पौडेलजस्ता चर्चित र वरिष्ठ नेता विद्यार्थी राजनीतिबाटै आएका हुन् । तर, पछिल्लो दश वर्षदेखि भने कांग्रेसको नेता उत्पादन गर्ने यो कारखाना बन्द छ ।

Nebisangजसका कारण कांग्रेसमा नयाँ नेता जन्मन सकेका छैनन् । नियमित महाधिवेशन हुन नसक्दा नेविसंघ १० वर्षदेखि तदर्थवादमा चलेको छ । ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकता भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन ।

तर, त्यसयता कांग्रेसको भने दुईवटा महाधिवेशन सम्पन्न भइसकेका छन् । गत फागुनमा सम्पन्न १३ औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले नेविसंघको ११औँ महाधिवेशन चाँडै गराउने घोषणा गरेका थिए । त्यसपछि २३ देखि २५ साउनसम्म महाधिवेशन गर्ने घोषणा पनि भयो । तर, महाधिवेशन आउन अब ८ दिन बाँकी हुँदा नेविसंघभित्र रहेको वर्षौंदेखिको विवाद भने मिल्न सकेको छैन ।

एउटा पक्ष निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढेको छ । तर, असन्तुष्ट समूह भने पहिले विवाद समाधान हुनुपर्ने माग लिएर पार्टी केन्द्रीय कार्यालयमै आमरण अनशन बसिरहेको छ ।

महाधिवेशनको मिति नजिक आइसके पनि विवाद मिलिसकेको छैन । भक्तपुर, सिन्धुपाल्चोक, रुपन्देही, पर्सा, रौतहट, कञ्चनपुर, सिरहा, सोलुखुम्बु, धनुषासहितका ११ जिल्लामा विवाद छ । ती जिल्लामा जिल्ला अधिवेशन नभए पनि महाधिवेशन प्रतिनिधिको चयनमा देखिएको विवाद मिलाउने प्रयास भइरहेको महाधिवेशन निर्देशक समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

यसअघिको समितिले प्रभावकारी काम गर्न नसकेपछि पार्टी सभापति देउवाले पाँच दिनअघि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेका थिए । समितिमा किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र गोविन्द भट्टराई सदस्य छन् ।

 ११ जिल्ला, केन्द्रीय क्याम्पस कीर्तिपुर तथा उपत्यकाका आरआर, कमर्स, बानेश्वरलगायतका क्याम्पसमा अधिवेशन हुन सकेको छैन । ती क्याम्पसबाट कसरी महाधिवेशन प्रतिनिधि चयन गर्ने भन्ने समस्या छ ।

तर, निर्देशक समिति सदस्य घिमिरेले चाँडो विवाद नमिले विवादित जिल्ला र क्याम्पसबाट प्रतिनिधित्व नगराई महाधिवेशनको बाटो खुलाइने बताए ।

पार्टी एकीकरण नहुँदै ०६४ मा कांग्रेस पक्षधरको चितवनमा सम्पन्न महाधिवेशनबाट प्रदीप पौडेल र सोही वर्ष कांग्रेस प्रजातान्त्रिकको नेपालगन्जमा सम्पन्न महाधिवेशनबाट कल्याण गुरुङ सभापतिमा निर्वाचित भएका थिए । पार्टी एकतापछि ०६४ असोजमा पौडेलकै नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।

तर, तत्कालीन पार्टी सभापति सुशील कोइरालाले ०६८ फागुनमा पौडेललाई हटाएर रञ्जित कर्णको नेतृत्वमा तदर्थ समिति गठन गर्दै ६ महिनामा महाविधेशन गर्न जिम्मा दिएयता महाधिवेशन अनिश्चित बनेको हो । त्यसयता, पटक–पटक महाधिवेशनको मिति घोषणा हुँदै र स्थगित हुँदै आयो ।

 कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू नेविसंघ, तरुण दल र महिला संघको महाधिवेशन हुन नसके पनि दलित संघ, भूपू सैनिक संघ, शुभेच्छुक संस्था ट्रेड युनियन, प्रेस युनियनको महाधिवेशन भने सम्पन्न भइसकेको छ ।

महाधिवेशन हुन नसकेका भ्रातृसंस्थामा आदिवासी जनजाति संघ, किसान संघ, मगर संघ, प्रजातन्त्र सेनानी संघको महाधिवेशन हुन नसकेको लामो समय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment