Comments Add Comment

बले र कक्रोज अब गायक पनि, ‘सोलमारी जान्छु’ बोलको गीतको भिडियो हेर्नुहोस्

bale and cocroj singer
यतिबेला हाँस्य सिरियल ‘भद्रगोल’का कलाकारको चर्चा खुबै छ । विदेशमा हुने कार्यक्रमदेखि नेपालमा पनि उनीहरु च्र्चित छन् । यही सिरियलका हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) अब गायक बनेका छन् । ‘सोलमारी जान्छु’ बोलको गीत गाउँदै यी दुइ कलाकार गायक बनेका हुन् ।

उनीहरुले सिरियलकै पात्रलाई केन्दि्रत गर्दै गीत गाएका छन् । गीतमा शब्द हरि निरौलाले लेखेका हुन् भने गीतको म्युजीक भिडियो पनि उनी आफैले निर्देशन गरेका छन् ।

भीम बीसीको संगीत भरिदिएकाले कलाकारीता सँगै गीत गाउने रहर पनि पुरा गरेको उनीहरुले बताएका छन् । भिडियोमा बले, कक्रोजसँगै एलिसा राई र यम्जोङ शेर्पा देखिएका छन् । सरोज ओलीको प्रस्तुती रहेको गीतको म्युजीक भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने दिपक एम सिंहको कोरियोग्राफी, रञ्जन न्यौपानेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment