Comments Add Comment

जनताको यौन जिवन अध्ययनका लागि ३ वर्षे कार्यक्रम

sexual health

युरोपेली मुलुक स्विडेनले आफ्ना नागरिकहरुको यौन जिवनका विषयमा आधिकारिक अध्ययनका लागि ३ वर्षे कार्यक्रम सुरुवात गर्दैछ ।

पछिल्लो २० वर्षमा पहिलोपटक यस्तो यौन जिवन सम्बन्धी त्रिवर्षीय अध्ययन कार्यक्रम संचालन गर्न लागिएको त्यहाँका स्वास्थ्य मन्त्री ग्याब्रिएल विकस्ट्रोमले बताएका छन् ।

उनका अनुसार यौन स्वास्थ्य सम्बन्धी सरकारी नीतिहरु केवल स्वास्थ्य समस्याहरुबाट होइन सेक्सको आनन्ददायी पाटोबाट पनि निर्देशित हुनुपर्दछ ।

त्यहाँको एक पत्रिकाले गरेको अध्ययन अनुसार स्विडिसहरुले पछिल्लो समयमा कम मात्रामा यौन सम्पर्क गर्ने गरेका छन् ।

दागन्स निहेटर पत्रिकमा एक लेख प्रकाशित गर्दै स्वास्थ्य मन्त्री विकस्ट्रोमले आफ्नो देशका नागरिकहरुले कम यौन सम्पर्क गर्नुको कारण यो अध्ययनले पत्ता लगाउने बताएका छन् ।

उनका अनुसार नागरिकहरुमा घट्दै गएको सेक्सको दरका लागि तनाव सबैभन्दा प्रमुख कारण हुन सक्दछ ।

स्वास्थ्य मन्त्रीका अनुसार स्विडेनको जनस्वास्थ्य एजेन्सीले त्रिवर्षीय यौन जिवन सर्भे गर्नेछ र यसको अन्तिम नतिजा सन् २०१९ को जुन महिनासम्ममा आउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य मन्त्री विकस्ट्रोम भन्छन् ,  हाम्रो समाजका हरेक तप्कामा सेक्स घुसेको छ । विज्ञापन देखि सोसल मिडिया तथा दैनिक जिवनसम्म सेक्सले साम्राज्य जमाएको भएपनि यो अझै लाजको विषयको रुपमा रहेको छ र राजनीतिक बहसको मुद्धा
समेत बन्न सकेको छैन ।

विभिन्न खाले यौनरोग, बलात्कार तथा अनिच्छित गर्भाधारण जस्ता विषयहरुमा केन्दि्रत भएर सकारात्मक यौनिक अनुभवहरुलाई पाखा लगाउनाले स्वास्थ्य नीतिलाई नै बिगार्ने जोखिम बढेको उनको ठम्याई रहेको छ ।

उनी सोध्दछन्, हामीले कसरी धारणामा परिवर्तन ल्याउन सक्छौँ, जब अभिभावक देखि शिक्षकसम्म तथा वरिष्ठ अधिकारीहरु लगायतका धेरै मानिसहरु निश्चित रुपमा सेक्सको कुरा गर्न असहज मान्दछन्  ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment