
१६ साउन, काठमाडौं । प्रधानमन्त्री बन्ने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसमक्ष सहमतीय सरकार गठन असम्भव भएको बताएका छन् ।
सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दलहरुलाई दिएको सात दिनको समय सीमा आज आइतबार सकिँदैछ । र, आइतबार विहान राष्ट्रपति भण्डारीले तीन दलका शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेकी छन् ।
शीतल निवासमा भएको भेटमा उनले सहमतिका लागि दलहरुबाट भइरहेको प्रयासबारे चासो राखेकी छन् । साथै सहमतिको सरकार निर्माण गर्न दलहरुलाई सुझाव दिएकी छन् ।
भेटमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका प्रचण्डले आफूले विभिन्न दलहरुसँग छलफल गरेको तर, कांग्रेसको नीति र अन्य कारण एमालेले सरकारमा सहभागी नहुने जानकारी भन्दै सहमतीय सरकारको सम्भावना न्यून रहेको बताए ।
राष्ट्रिय मुद्दामा दलहरु गम्भीर रहेको भन्दै उनले त्यसमा भने सहमति हुने दाबी गरेका छन् ।
प्रतिक्रिया 4