Comments Add Comment

रोमान्टिक कमेडी कथामा ‘हिटलर’ निर्माण हुने

hitloor film team
चलचित्र ‘हिटलर’को निर्माण हुने भएको छ । अष्टनारायण पिक्चर्सले यो चलचित्रको निर्माण गर्न लागेको हो । रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन् । चलचित्रको निर्देशन सौरभ ढकालले गर्न लागेका छन्, जसले यसअगाडि चलचित्र ‘सुपरहिट’ निर्देशन गरेका थिए ।

चलचित्रको मुख्य भूमिकामा नायक सोहित मानन्धर फाइनल भएका छन् । उनको अपोजिटमा अभिनय गर्ने नायिका भने पक्का गरिएको छैन । निर्देशक ढकालले केही दिनमै नायिका सहित पत्रकार सम्मेलनको आयोजना गर्ने बताए ।

चलचित्रको छायांकन ए.आर पौडुवालले गर्दैछन् । उनी यतिबेला बलिउड चलचित्र नगरिमा व्यस्त रहेको जानकारी निर्देशक ढकालले दिएका छन् । उनका अनुसार ए.आरले हालसम्म थुप्रै अन्तरराष्ट्रिय प्रोजेक्टका साथमा बलिउडमा काम गरिसकेका छन् ।

लोचन घिमिरे चलचित्रका संगीतकार हुन् । किच्चामान चित्रकार चलचित्रका लेखक हुन् । यो चलचित्रको प्रोडक्शन टिमले ए.आर सिने सर्भिससँग मिलेर चलचित्र वितरणको कामलाई पनि अगाडि बढाएको छ । भारतसहित विभिन्न देशमा चलचित्र वितरणलाई पनि अगाडि बढाइने जानकारी दिइएको छ ।

यो चलचित्र वि.सं २०७४ साल वैशाख १५ गतेबाट देशभरका हलमा लाग्ने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको संगीतको काम मुम्बइमा नै सम्पन्न भएको छ । चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहने छ । चिनिमाया मानन्धर निर्माता रहने चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहनेछन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह-निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment