Comments Add Comment

क्यान्सर पीडित पत्रकार महराको निधन

१६ साउन, काठमाडौं । क्यान्सर पीडित पत्रकार अर्जुन महराको आइतबार उपचारको क्रममा निधन भएको छ । २२ वर्षीय महराको आइतबार दिउँसो १२ बजे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

Arjun-Mahara-Journalistरेडियो मध्यपश्चिम एफएम दाङमा कार्यरत महरा लमही नगरपालिका-११ रातोडाँडा निवासी हुन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले संस्थागतरुपमा ‘पत्रकार अर्जुन महरा बचाऔं अभियान’ मार्फत् आर्थिक संकलन गरी उपचारमा सघाउँदै आएको थियो ।

पत्रकार महासंघ दाङकी कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यले वक्तव्य जारी गर्दै शोक व्यक्त गरेकी छन् । ‘उहाँको निधनले एक असल, मेहनति र पत्रकारिता पेसाप्रति इमान्दार सहयात्रीलाई गुमाएका छौं,’ वक्तव्यमा लेखिएको छ, ‘शोकको यस घडीमा परिवारजनलाई धैर्यधारण गरी पीडा सहन गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।’

नेपाल पत्रकार महासंघ दाङ शाखाका अनुसार साउन एघार गतेसम्म पहिलो चरणको अभियानमा एक लाख एघार हजार पाँच सय रुपैयाँ संकलन भएको थियो र सो रकम महराका बुवा दामबहादुरको बैंक खातामा जम्मा गरिसकिएको छ । साउन १२ गतेयता संकलित २३ हजार पाँच सय रुपैयाँ पनि परिवारका सदस्यलाई छिट्टै हस्तान्तरण गर्ने शोक वक्तव्यमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले महराको उपचार सहयोगका लागि नजिक रहेर आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने सबैमा आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment