Comments Add Comment

पैसा नदिएपछि आमाको हत्या गरेको छोराद्वारा स्वीकार

पोलिग्राफले खुलायो लापिलाङ हत्याको रहस्य

१६ साउन, चरिकोट । दोलखा लापिलाङकी ८१ वर्षीया मानशोभा खड्काको हत्या उनकै माहिला छोरा ४२ वर्षीय रेशम खड्काले गरेको पुष्टि भएको छ ।

Resham-Khadka,-Dolakha
रेशम खड्का

प्रहरीले हत्या आशंकामा रेशमलाई नियन्त्रणमा लिएपनि उनले हत्या इन्कार गर्दै आएका थिए । तर प्रहरीले पोलिग्राफ टेष्ट गर्दा पैसा माग्दा आमाले नदिएपछि आवेगमा आएर हत्या गरेको रेशमले बताएका छन् ।

प्रहरीले पोलिग्राफ गरेर हत्याको रहस्य खुलाएको दोलखाका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए । सिरानमुनी राखेको खुकुरीले उनले आमाको नाक र टाउकोमा प्रहार गरी हत्या गरेको पोलिग्राफ टेस्ट मार्फत खुलेको हो ।

यही साउन १० गते सोमवार मानशोभा मृत अवस्थामा घरभित्रै खाटमुनी फेला परेकी थिइन् । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

अपराध अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय दोलखाले पोलिग्राफ प्रविधि पहिलोपटक प्रयोगमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment