+
+
Shares

हजारौं गोविन्द केसीहरु जन्मिनुपर्छः डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १६ गते १९:०५

Baburam bhattrai

१६ साउन, घोराही । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले डा. गोविन्द केसी जस्ता व्यक्तिहरु हजारौं जन्मिनुपर्ने बताएका छन् । डा. केसी जस्ता व्यक्तिहरु भएमात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने भट्टराईको धारणा छ ।

‘एकजना गोविन्द केसीले अनशन गरेर भ्रष्टाचार रोक्न गाह्रो हुन्छ,’ नयाँशक्ति नेपाल प्रदेश नम्बर ५ ले आइतबार दाङमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘हजारौं गोविन्द केसीहरु जन्मिनुपर्छ ।’

भूकम्प, बाढी पीडित, महंगी र भ्रष्टाचारले नेपाली जनता आक्रान्त भइरहेका बेला राजनीतिक दलका नेताहरु सत्ता स्वार्थमा अलमलिएको उनले आरोप लगाए ।

जनताले कांग्रेस, एमाले र माओवादीको विकल्प खोजिरहेकाले अब एक वर्षभित्र नयाँ शक्ति पहिलो पार्टी बन्ने दाबी भट्टराईले गरे । उनले भने, ‘माओवादी केन्द्र अब केन्द्रमामात्रै सीमित भइसकेको छ । यो जिल्ला र गाउँतिर खुम्चिरहेको छ । नेपाली कांग्रेस बिपीको ब्याज खाएर केही समय टिक्यो, अब इतिहासको पात्र बनिसक्यो । एमालेको पनि उहि हालत हो, अब जनताले यी सबैको विकल्प खोजेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?