१७ साउन, काठमाडौं । विद्यार्थी संगठन अनेरास्ववियुले बाढी पीडितहरुको उद्धार तथा राहत वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
संगठनले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितको उद्धार गर्नुका साथै उनीहरुलाई राहत सामाग्री बितरण गरेको जनाएको छ ।
अभियान अन्तर्गत पहिलो दिन साउन १६ गते मोरङको डाइनीय गाविसको गाविसको खनियावारी, पट्टयिापाडा, प्रगतिनगर गाउका करिब ६ सय पीडित परिवारका लागि राहत सामाग्री वितरण गरेको अनेरास्ववियुका प्रवक्त सुदीप शर्माले जानकारी दिए ।
संगठनकी अध्यक्ष नविना लामा नेतृत्वको केन्द्रीय टोलीले उक्त राहत सामाग्री वितरण गरेको हो । अनेरास्ववियुले लत्ता कपडा, खाद्यन्न, औषधी लगायतका सामाग्री वितरण गरेको थियो ।
प्रवक्ता शर्माले १७ गते सुनसरी र सप्तरी जिल्लाका विभिन्न स्थानमा उद्धार र राहत वितरण गर्ने कार्यक्रम रहेको बताए । उनले बाढी पहिरो पीडितको उद्धार तथा रहतमा जुट्न सबैमा आग्रह गरे ।
प्रतिक्रिया 4