Comments Add Comment

युरोपमा बस्ने नेपालीहरुले १ अर्ब बराबरको लगानी गर्ने

sesh ghale2

कोपनहेगेन । नेपालमा लगानी प्रवर्द्धन गर्न गैरआवासीय नेपालीको निजीक्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघबीच हुदै आएको सहकार्यलाई बिस्तार गर्ने अभिप्राय स्वरुप, युरोपमा बस्ने नेपालीहरुले १ अर्ब बराबरको लगानी गर्ने निर्णय गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ युरोपियन क्षेत्रीय बैठकबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै घोषणा पत्र जारी भएको हो।

यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको समाजिक उद्यमशीलता बिकास उपसमितिले अगाडि सारेको लघुबित्त कार्यक्रमलाई युरोप क्षेत्रबाट सहयोग गर्ने निर्णय भएको छ । जुलाई ३० र ३१ तारिख कोपेनहेगनमा सम्पन्न बैठकले गैरआवासीय नेपाली नेपाली संघ संचालन गरिरहेका परोपकारी तथा मानवहित सम्बन्धि र अन्य परियोजनाहरुका पनि सहयोग गर्न निर्णय गरेको छ।

आवस्यक कानूनी प्रकृया पुरागरी निर्माणको चरणमा प्रवेश गरेको अवस्थामा युरोप क्षेत्रबाट भएको प्रतिवद्धता अनुसारको रकम तत्काल जम्मा गर्ने र अरु थप अर्थ संकलन गर्न प्रयास गर्नुका साथै स्वयमशेवी रुपमा आफ्नो शिप लगायतका सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने निर्णय घोषणापत्रमा उल्लेख गरिएको छ ।

नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपाली, नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघबीच हुँदै आएको सहकार्यलाई अझ बिस्तार गर्न सो रकम नेपालमा लगानी गर्ने निर्णय भएको हो। लगानीसम्बन्धी कानूनी बाधा फुकाउन सम्बन्धित निकायमा पहल गर्न महासंघ र एनअारएनबीच संयुक्त कार्यदल बनाउने निर्णय पनि बैठकले गरेको छ भनी उल्लेख गरिएको छ ।

यस्तै स्पेन, पोर्चुगल, आयरल्याण्ड र फिण्डल्याण्डमा नेपाली दुताबास स्थापना गर्न अन्तराष्टिय समन्वय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने भन्दै नवौ युरोपेली बैठकले निर्णय गरेको छ। साथै युरोपको बिभिन्न क्षेत्रमा हुनेका मानव तस्करीलाई रोक्न आफ्नो तहबाट उचित पहल गर्न यो बैठक प्रतिवद्धता जनाउदछ भनी लेखिएको छ।

अबिरल बर्षासँगै आएको बाढी र पहिरोका कारण देशका बिभिन्न भागमा धेरै नेपालीले ज्याउन गुमाउनु भएको छ भन्दै घोषणा पत्रमा भनिएको छ,“ हजारौको संख्यामा अहिले पनि बाढी, पहिरो र ढुवानको त्रासमा रहनु को भएको छ । यस्तो अवस्थामा यो बैठक मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अप्ठ्रोमा परेका परिवारलाई सहयोग गर्न यस क्षेत्रका सम्पूर्ण एनसिसिहरुलाई आह्वान गर्दछ ।”

kopenhegen _nrna

बैठकले नेपालको कानून तथा भौतिक संरचना अपांगमैत्री बनाउन तथा शारीरिक रुपमा असक्त ब्यक्तिलाई स्वःनिर्भर तथा स्वाभलम्भि बनाउने परियोजना तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।

अन्तराष्टिय समन्वय परिषदको युवा फोरम मार्फत शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वनिर्भर र स्वाभलम्भि बनाउन अभियान चलाउने भन्दै युरोप क्षेत्रीय बैठकले शारिरिक रुपमा असक्त ब्यक्तिहरुको हितमा कार्यरत डेनमार्क निवासी अनुजा गौतमलाई गैरआवासीय नेपाली युवा दुत घोषणा गर्दै उनको अभियान अन्तराष्ट्रिय समन्वय परिषद मार्फत सञ्चालित गर्ने गरी भेलामा प्रतिवद्धता जनाइएअनुसार रु. ३२ लाख संकलन भएको जानकारी गराईएको छ।

यसैगरी स्पेन निवासी आईना बार्का  द्धारा संचालित परियोजनालाई बैठकमा प्रतिवद्धता जनाएअनुसार करिव १३ लाख अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत संकलन गरि प्रदान गर्ने समेत बैठकले निर्णय गरेको छ।

युरोपका नेपालीको अभियान–लगानी पुनःनिर्माण र पर्यटन भन्ने नारा सहित सम्पन्न क्षेत्रीय बैठकमा युरोप क्षेत्रका २० देशबाट करिब २ सय ५० जना  गैरआवासीयहरुले सहभागिता जनाएका थिए। आगामी दशौ युरोपेली क्षेत्रीय बैठक जर्मनी गर्ने निर्णय समेत भएको छ।

बैठकमा डेनमार्कस्थित नेपाली दुतावासका कार्यवहाक राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरार्का, महासंघका सदस्य चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका संस्थापक अभियन्ता रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी सहभागी थिए।

यसैबीच युरोप क्षेत्रबाट चिरन्जिबी ढकाल,रबिन्द्र मान प्रधान र सुर्य गुरुङलाई एनआरएनको अभियानमा उल्लेखेनिय सहयोग पुर्याएको भन्दै बिशेष सम्मान गरिएको छ।

युरोप क्षेत्रका संयोजक कुल आचार्यले युरोपेली क्षेत्रिय बैठकलाई नयाँ ढंगबाट सुरुवात गरेको भन्दै सबै अभियन्ताहरुले प्रशंसा गरेकोमा खुशी ब्यक्त गरेका छन्। उनले भने,” बैठकलाई नयाँ ढंगबाट सुरुवात गर्न सक्यौ,सम्भवत अब यसलाई अन्य सम्मेलनहरुमा पनि अनुकरण गरिने छ।”

आयोजक राष्ट्र गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले आफ्नो कार्यकालमा युरोपेली बैठक सम्पन्न गर्न सकेकोमा खुशी ब्यक्त गरेका छन् । अध्यक्ष चुडालले भने,” डेनमार्कमा पहिलो पटक बैठक सम्पन्न गर्यौ,यहाँको स्थानीय संघ संस्था र समुदायको सहयोगको कारणले नै यो सम्भव भएको हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment