Comments Add Comment

लिपुलेक सम्झौता खारेजीको माग गर्दै राष्ट्रसंघमा ज्ञापन

१७ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेजीको माग गर्दै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

Gyapanभारत र चीनबीच लिपुलेक सम्झौता भएको एक वर्ष बितिसक्दा पनि नेपाल सरकारले यस बिचमा चासो नदिएको भन्दै अखिल क्रान्तिकारीले नेपालस्थित राष्ट्रसंघको कार्यालयमार्फल महासचिव मुनलाई ज्ञापनपत्र बुझाएको हो ।

सोमबार राजधानीको माइतीघरदेखि राष्ट्र संघको कार्यालय पुल्चोकसम्म बिद्यार्थी संगठनको अगुवाइमा प्रदर्शनसमेत गरिएको थियो ।

प्रदर्शनमा सहभागीहरुले लिपुलेक नेपालको भएको र भारत र चीनले यसमाथि नजर नलगाउन चेतावनी दिँदै नारावाजी गरेका थिए ।

लिपुलेक विवादलाई अन्तर्राष्ट्रियकरण गर्न राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र बुझाइएको अखिल क्रान्तिकारीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment