Comments Add Comment

प्रधानमन्त्रीको उम्मेदवारी दर्ता आज

samsad

१८ साउन, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज उम्मेदवारी दर्ता हुँदै छ ।

व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ ।

उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गराउनुपर्ने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार संसद् भवनको सूचना पार्टीमा अपराह्न साढे ४ बजे सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

 संसद्को बुधबारको बैठकमा प्रधानमन्त्रीका सबै उम्मेदवारको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल गर्ने र सबै उम्मेदवारीलाई एकैसाथ निर्णयार्थ प्रस्तुत गर्ने गरी बिहान ११ बजे कार्यतालिका तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment