+
+
Shares

आगलागीबाट डेढ करोडको क्षति

रविन भट्टराई रविन भट्टराई
२०७३ साउन १८ गते ७:५०

ago gadeschoke

१८ साउन, पाँचथर । पाँचथरको नागिस्थित गणेश चोकमा सोमबार साँझ एक घरमा आगलागी हुँदा  करिब डेढ करोड बराबरको क्षति भएको छ ।

नागि गाविस ६ गणेश चोकका गणेश योङ्हाङ (लिम्बु) को घरमा सोमबार साँझ करीब पाैने छ बजे अचानक लागेको आगोले घरमा बन्दकी राखेको सुनका गरगहनासहित सम्पूर्ण सामान जल्दा सो मूल्य बराबरको क्षति भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि कृष्णप्रसाद कोईरालाले बताए ।

आगो स्थानिय र प्रहरीको सहायतामा करीव दुई घण्टा पछि नियन्त्रणमा आएको काईरालाले बताए। आगलागि घर भित्रैबाट सुरु भए पनि कारण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?