Comments Add Comment

पैसा र बैंश थाहा हुन्न कान्छी रित्तिंदै गएको…..

paisa-ra-baisaकाठमाडौं । साजन राईको संगीत रहेको नयाँ गीत  ‘पैसा र बैंश’ को भिडियो सार्वजनिक भएको छ । कान्छी एल्बममा रहेको गीत मध्ये ‘पैसा र बैश’ शीर्षकको गीतको भिडियो बनाइएको साजनको भनाई छ ।

‘यो गीत अहिलेका लागि समसामयिक लाग्यो त्यहि भएर भिडियो बनायौं’ साजनले भने ‘यो गीतले तन्नेरी पुस्तालाई मनोरञ्जनको साथै सन्देश पनि दिन्छ’

यस भिडियोमा पि्रयंका कार्की, सन्दिप क्षेत्री र निर शाहले अभिनय गरेका छन् । रमेश कार्कीको शब्दमा साजन राई र अन्जु पन्तको स्वर रहेको यस गीतमा पैसा र बैंश सम्हाल्न नसक्दा जुनसुकै वेला विपत्तिमा फस्न सक्ने सन्देश दिइएको साजनको भनाई छ ।

अहिलेकी ब्यस्त नायिका पि्रयंका र हाँस्य कलाकार सन्दिपको केमेष्ट्री दर्शकलाई राम्रो लाग्छ । पाका अभिनेता निर शाहको अभिनयले भने हँसाउदैन मात्रै गम्भिर पनि बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment