Comments Add Comment

सात र तीनबुँदे सहमतिको प्रयास असफल ! संघीय गठवन्धन प्रचण्डसँग शशंकीत

madesi_congress

१८ साउन, काठमाडौं । मंगलबार दिनभरको वार्तापछि पनि सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस-माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच असहमतिमा हस्ताक्षर हुन सकेन ।

नेताहरुका अनुसार वार्ताका क्रममा तीन वटा सहमतिको मस्यौदा समेत बनाइएको थियो । तर, सहमति नभएपछि भोलि हुने प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस माओवादीका प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मत दिने नदिने अन्यौल भएको छ ।

यद्यपि प्रचण्डको उम्मेदवारीमा मधेसी मोर्चाका तीन नेता आफैं समर्थक बसेका छन् ।

सातबुँदे मस्यौदा त्यस्तै फालियो

कांग्रेस, माओवादी र गठवन्धनमा आवद्ध दलका नेताहरु विहान ९ बजे नै संसद भवन बानेश्वर पुगेका थिए । शंकर हलमा केही ढिला गरी सुरु भएको वार्तामा तीन दलको कार्यदलले सातबुँदे सहमतिको मस्यौदा बनायो ।

[sam_list]  यो प्रस्तावको पहिलो बुँदामा नै ‘राजनीतिक सहमतिका आधारमा प्रदेशको सीमांकन, महिलाको वैवाहिक अंगिकृत नागरिकता सरलतापूर्वक प्राप्त गर्न सक्ने व्यवस्था र राष्ट्रिय सभाको बनौट र समानुपातिक समावेशीता लगायतका विषय सम्बोधन गर्न नेपालको संविधाानमा आवश्यक संशोधन गरी संविधानको सर्वस्वीकार्यताको वातावरण बनाउने । यसका लागि आगामी सरकारको गठन पश्चात संवाद गरी सरकारले संविधान संशोधन विधेपष्क संसदमा प्रस्तुत गर्ने’ उल्लेख थियो ।

सातबुँदे मस्यौदाको अन्य बुँदा भने मन्त्रिपरिषद्बाट निर्णय गर्ने विषय थियो । तर, शीर्ष तहमा यसमा सहमति जुटेन र हस्ताक्षर नहुँदा नै यो मस्यौदा खेल गयो ।

नारायणकाजीको तीनबुँदे प्रस्ताव

बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले यति धेरै किन सहमति गर्ने भन्दै तीनबुँदे प्रस्ताव राखे । जसमा संघीय गठवन्धन/मधेसी मोर्चाले उठाएका मागहरुका सन्दर्भमा मन्त्रिपरिषद्ले गर्ने तत्काल गर्ने, अन्य मागका सन्दर्भमा राजनीतिक सहमतिका आधारमा संविधान संशोधन लगायतका आवश्यक निर्णय गर्ने उल्लेख छ ।

उनकोे मौखिक प्रस्तावमा नेताहरु सहमत देखिए । र, उम्मेदवारी दर्ता गरेपछि सहमतिलाई लिपिवद्ध गरेर हस्ताक्षर गर्ने भन्दै नेताहरु उम्मेदवारी दर्ताका लागि गए । गठवन्धनका संयोजक उपेन्द्र यादव, सर्वोन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण समर्थक बसे ।

मधेसी मोर्चाका नेताहरुले तीन पक्षबीच तीनबुँदे सहमति भएको त्यहाँ रहेका सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

फेरि विवाद भो

उम्मेदवारी दर्ता गरेर फर्किँदा करिव सवपा १ बजेको थियो । माओवादी नेता श्रेष्ठ कृष्णबहादुर महरालाई जिम्मा लगाएर बाहिरिए । महराले २ बजे बैठक बस्ने प्रस्ताव गरे ।

तर, नेताहरु आउँदा ३ बज्यो । वार्तामा तीनबुँदेलाई लिपिवद्ध गर्न विमलेन्द्र निधि, महरा, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णसहितका नेताहरु बसे । तर, सहमति जुटेन ।

मोर्चाका नेताहरु सहमतिमा प्रदेशको सीमा र संख्या हेरफेर गर्ने उल्लेख गर्नु पर्ने माग राखे । तर, कांग्रेस र माओवादी नेताहरु सहमत भएनन् । त्यसको विकल्पमा मोर्चाका नेताहरु आफूहरुले उठाएको ११ र २६ बुँदेलाई उल्लेख गर्नु पर्ने भनेपछि फेरि शीर्ष तहमै छलफल गर्नु पर्ने भयो । शीर्ष नेताहरुलाई बोलाइए पनि पुगेनन् ।

र, मोर्चाको दुईबुँदे प्रस्ताव

शीर्ष तहमा सम्वाद हुन नसकेपछि मधेसी मोर्चासहित संघीय गठवन्धनका नेताहरु असन्तुष्ट बनेका छन् । माओवादी र कांग्रेसले कतै आफूलाई वेवास्ता गर्न खोजेको त होइन भन्ने शंका गरेका छन् ।

मोर्चाका नेताहरुले त्यहाँ नै दुईबुँदे प्रस्ताव तयार पारे । जसको पहिलोबुँदामा नै मोर्चाको ११ र गठवन्धनको २६ बुँदे मागका आधारमा संविधान संशोधन गर्ने र दोस्रोबुँदामा घाइतेको उपचार खर्च, सहित घोषणा लगायतका विषय राखिएको छ ।

यो प्रस्ताव कांग्रेस र माओवादीका शीर्ष नेताहरु समक्ष पुगेका छ । तर, उनीहरुले त्यसमा संशोधन आवश्यक रहेको भन्दै भोलि विहान ८ बजे बैठक बस्न प्रस्ताव गरे ।

मोर्चाका एक नेताले भने, एक मात्र उम्मेदवारी परेपछि उहाँहरुको बडी ल्याङ्गोइज चेन्ज भएको छ । अब सहमति हुने नहुने ५०/५० को अवस्थामा आइपुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment