Comments Add Comment

सलमानले गरे अक्षयको फिल्मको प्रचार, ऋतिकसँग खानको दुश्मनी मुख्य कारण

salman and akshya
अगष्ट १२ मा बलिउडका २ सफल नायकका चलचित्र एकसाथ भिड्दैछन् । बलिउडका सफल नायक अक्षय कुमार अभिनित चलचित्र ‘रुस्तम’ यही मितिमा प्रदर्शनमा आउँदैछ । यही मितिमा करिब २ बर्षपछि नायक ऋतिक रोशन आफ्नो नयाँ प्रोजेक्ट ‘मोहेन्जो दारो’का साथ पर्दामा आउँदैछन् । यसैले पनि यतिबेला दुई नायक मध्ये बक्स अफिसमा को सफल हुनेछन् भन्ने अड्कलवाजी सुरु भएको छ ।

तर, यतिबेला बलिउड पनि २ धारमा विभाजित देखिएको छ । कोही कलाकार ऋतिक पक्षमा देखिएका छन् भने कोही अक्षयको पक्षमा । ‘रुस्तम’ राष्ट्रियताको कथामा बनेको चलचित्र हो भने ‘मोहेन्जो दारो’ ऐतिहासिक कथामा बनेको चलचित्र हो ।

नायक अक्षय कुमारको चलचित्रको प्रचारमा नायक सलमान खान अगाडि आएका छन् । उनले बलिउडका सुल्तान अक्षय कुमार भएको भन्दै उनको प्रतिक्षारत चलचित्र प्रदर्शनमा आउन लागेको भन्दै सबैलाई हेर्न आग्रह गरेका छन् । सलमानको भिडियो सन्देशले यतिबेला चर्चा पाएको छ ।

यसरी भिडियोमै कुनै कलाकारको चलचित्र प्रचार गर्न सलमान अगाडि आएका थिएनन् । तर, यसपटक उनी अक्षयको पक्षमा देखिनुको कारण सलमान र ऋतिकको दुश्मनीलाई हेरिएको छ । बलिउडमा सलमान र ऋतिकविच शितयुद्ध छ । यसैले पनि सलमानले अक्षयलाई बलिउडको रियल सुल्तान भन्दै उनको चलचित्र प्रचार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment