Comments Add Comment

घरपालुवा जनावरको गणनाका लागि गणना पद्धतिको खोजी

domastic-animal
२० साउन, काठमाडौं । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न  ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि कुन पद्धतिबाट कार्य सुरु गर्ने भनी तय गर्न बाँकी छ ।

चालु आर्थिक वर्षमा गणना पद्धतिको टुङ्गो लागेपछि पहिलो चरणमा विभिन्न उमेर समूहका गाई, गोरु, राँगा, भैँसी, खसी, बोका, भेडा, च्याङ्ग्राको गणना गरी तिनीहरुको अवस्था पत्ता लगाइने मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिए ।

देशमा दूध, मासु, ऊनको अवस्था के छ ? कति समयमा कति दूध, मासु, ऊनको उत्पादन गर्न सकिन्छ ? त्यसको अनुमान गरी देशको जनसङ्ख्यालाई कति आवश्यक पर्छ भनी प्रक्षेपण गर्न सजिलो हुन्छ । स्थानीय उन्नत जातका पशुको सङ्ख्या के कति छ ? मुलुकको फरक फरक भौगोलिक अवस्थामा के कस्ता पशु सरदर कतिपटक व्याउने गर्छन्, ती अवस्थाका बारेमा समेत गणनाबाट सूचना सङ्कलन गरिनेछ ।

कति समयमा ती वस्तु कति निर्यात गर्न सकिन्छ त्यसको समेत अनुमान गर्न पशु गणना कार्यक्रम महत्वपूर्ण हुने प्रवक्ता पौडेलले विश्वास व्यक्त गरे ।

अहिलेसम्म यस्तो किसिमको गणना भएको छैन । गतबर्ष पुस ९ गते स्थापना भएको उक्त मन्त्रालयमा चालु आवमा सात अर्ब ४७ करोड बजेटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment