२० साउन, काठमाडौं । विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीका १८ जना केन्द्रीय नेताहरुले पार्टी र संगठन परित्याग गरेका छन् ।

निवर्तमान कोषाध्यक्ष प्रेम खड्का नेतृत्वको टोलीले बिहीबार पार्टी परित्याग गरेको घोषणा गरेको हो ।
खड्कासँगै केदार खतिवडा, उत्तम सिग्देल, विकास डंगोल, इश्वरी अधिकारी, टेकराज जोशी, धिरजराज गिरी, राजाराम ठकुरी, गंगासागर रावतले विप्लव नेतृत्वको अखिल क्रान्तिकारी परित्याग गरेका हुन् ।
परित्याग गर्ने अन्यमा विनोद गौतम, बिदुर कँडेल, महेश विष्ट, सन्तोष बजगाईं, सानुकाजी श्रेष्ठ, भगवान कुँवर, हरिशरण सिलवाल, अर्जुन बास्तोला र केदार बराल छन् ।
उनीहरुले विहीबार संयुक्त विज्ञप्ति निकालेर विप्लवले एकीकृत जनक्रान्तिको नाममा अस्पष्ट, भ्रामक र ढुलमुले कार्यदिशा अंगालेकाले पार्टी र संगठन परित्याग गरेको बताएका छन् ।
उनीहरुलाई माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गराउने तयारी गरिएको छ ।
प्रतिक्रिया 4