Comments Add Comment

प्रधानमन्त्री कार्यालयको वेबसाइट परिवर्तन, ओलीको ट्वीट हटाइयो

PM-Office-website

२१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै सरकारले प्रधानमन्त्री कार्यालयको वेबसाइट परिवर्तन गरेको छ ।

यसअघिको वेबसाइटमा लगातार जस्तै सुरक्षा समस्या आउने र त्यसको निर्माण परम्परागत शैलीमा भएकाले नयाँ वेबसाइट ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘पहिलेको वेबसाइट बढी हृयाक हुने भयो, नयाँ प्रविधिलाई समेटेर प्रधानमन्त्रीको वेबसाइटलाई नयाँ बनाइएको हो । ‘

ती अधिकारले नयाँ वेबसाइट पहिलेको भन्दा प्रयोगकर्ताका लागि सजिलो भएको दावी गरेका छन् । वेबसाइटको पहिलो पृष्ठमै सबै सूचना हेर्न सकिन्छ ।

यसअघिको वेबसाइटमा सामाग्रीहरु पुरानो टेक्नोलोजीमा राखिएका थिए ।

नयाँ वेबसाइटमा विश्वको सर्बोच्च शिखर सगरमाथा, गौतबुद्धको जन्मस्थल लुम्बिनी, जनकपुर मन्दिरका तस्वीर पनि राखिएका छन् ।

ओलीको ट्वीट हटाइयो

केपी शर्मा ओली प्रधानमन्त्रीबाट विदा भएलगत्तै प्रधानमन्त्री कार्यालयले ओलीले प्रधानमन्त्री हुँदा गरेका सबै ट्वीट हटाइएको छ ।

र, बिहीबारबाटै प्रधानमन्त्रीको नाममा रहेको ट्वीटर ह्याण्डल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग गर्न थालेका छन् ।

यसअघि केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका ट्वीट हटाएर प्रधानमन्त्री कार्यालयको सर्भरमा भण्डार गरिएको एक अधिकारीले जानकारी दिए । उनले भने, ‘केपी ओलीले मैले प्रधानमन्त्रीबाट राजीनामा दिएँ भनेर गरेको ट्वीटमा प्रधानमन्त्री प्रचण्डको फोटो आयो, त्यहिँ कारण उहाँका ट्वीट हटाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment