Comments Add Comment

मोदिखोलामा हाम्फालेकी युवती वेपत्ता

२३ साउन, पर्वत । पर्वतको कटुवाचौपारीबाट मोदिखोलामा हाम्फालेर एक युवती वेपत्ता धएकी छन् ।

बाग्लुङको जैदी गाबिस घर भई अध्ययनको शिलशिलामा पर्वतको कुश्मा बस्दै आएकी १८ बर्षीया यसोदा थापा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी आइतबार बिहान साँढे आठ बजेतिर मोदिखोलामा हाम्फालेकी थिइन । थापा नारायण उमावि कुश्मामा कक्षा १२ मा अध्ययनरत विधार्थी हुन ।

प्रहरीका अनुसार हाम्फालेको स्थानमा नगद ३६०० र मोवाइल भेटिएको छ । वेपत्ता थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

माधव पराजुलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment