Comments Add Comment

कहिले हुन्छ सरकार विस्तार ?

prachanda--sherbahadur२४ साउन, काठमाडौं । सत्ता गठबन्धनले मन्त्रिपरिषद विस्तारको कसरत जारी राखेपनि प्रचण्ड नेतृत्वको सरकारमा नयाँ मन्त्रीहरु थप गर्न सकेका छैनन ।  दलहरुबीचको आन्तरिक विवादले गर्दा सरकारका गठनमा समस्या आएको छ ।

कांग्रेसको विवाद मात्र होइन, स्वयं प्रधानमन्त्रीको पार्टी माओवादीभित्र समझदारी नबन्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।

नेपाली कांग्रेस भित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला पक्षले आ आफ्नो पक्षयका नेतालाई मन्त्रीको रुपमा अगाडि सारेपछि सभापति देउवा समस्यामा परेका छन् । उनको आफ्नै समूहमा पनि आकांक्षीको संख्या धेरै भएपछि समस्या आएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै नौ वर्षपछि कांग्रेसको भातृसंगठन नेविसंघको  महाधिवेशन भएकाले पनि सरकार विस्तारमा ढिलाइ भएको हो । अधिवेशन नभएका ११ जिल्ला, क्याम्पसको विवाद, अधिवेशन भएका ६४ जिल्लामा पनि प्रतिनिधिको विवादले  गर्दा पार्टीका शीर्ष नेताहरू त्यसैमा अल्भिmन पुगेकाले यसको असर सरकार विस्तारमा परेको  स्रोतले बतायो ।

‘प्रधानमन्त्री चयन भइसकेपछि र मन्त्रालयमा पनि मोटामोटी सहमति भइसकेकाले सरकार विस्तारमा ढिलाइ नहुनुपर्ने हो, तर नेविसंघको महाधिवेशनकै कारण ढिलाइ भएको छ,’ देउवानिकट स्रोत भन्छ ।

सभापति देउवाले मन्त्री चयनमा छलफल नगरेको भन्दै नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ । आफूनिकटका नेतालाई देउवा आफैँले मन्त्री घोषणा गर्ने तयारी गरेपछि पौडेल पक्षले सम्मानजनक सहभागिता नभए सरकरमै सहभागी नहुने चेतावनी दिएको छ । तर, पौडेल पक्षमा पनि को मन्त्री बन्ने भन्नेमा उस्तै समस्या छ ।

मन्त्रीका लागि पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंहसहितका नेताको दबाब र आ-आˆनै लिस्ट छ । कांग्रेसले पाउने १३ मा पौडेल पक्षले पाँचदेखि ६ वटा मन्त्रालयमा दाबी गरेको छ । डा. शेखर कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीकै पार्टीमा सकस

सरकारको नेतृत्व गरेको माओवादीभित्र पनि बाँकी मन्त्रीमा कसलाई पठाउने भन्ने सकस छ ।

बाँकी पाँच मन्त्रालयमा समावेशी प्रतिनिधित्वका आधारमा मन्त्री चयन गर्न माओवादी नेताहरूलाई हम्मेहम्मे परेको छ । माओवादीले जातीय, क्षेत्रीय, भौगोलिक सन्तुलन मिलाएर एक साताभित्र मन्त्री चयन गर्ने जनाएको थियो । आफूले पाएका आठमध्ये बाँकी पाँच मन्त्रालयमा एक दर्जन माओवादी नेताको दाबेदारी छ ।

त्यस्तै गरी सरकारलाई समर्थन गरेका साना दलका तर्फबाट पनि आकांक्षी भएपछि प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न समस्या परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment