+
+

युगौंसम्म सम्झने काम गर्छुः प्रधानमन्त्री प्रचण्ड

रासस रासस
२०७३ साउन २४ गते ११:४१

prachanda

२४ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी-काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रममा प्रचण्डले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, भूकम्पपछिको पुनःनिर्माणलगायतका महत्वपूर्ण कार्यभार रहेकाले ती काम पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले, ‘अघिल्लोपटक नौ महिनामा नै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन, तर यसपटक राष्ट्र र जनताले युगाँैसम्म सम्झनलायक काम गर्छु र मुलुकलाई एकताबद्ध बनाएर लैजान्छु ।’

प्रधानमन्त्रीले संविधानमा असन्तुष्टि जनाउँदै आएका दलको सहमतिमा संविधानको संशोधन, कार्यान्वयन, तीनवटा निर्वाचन सम्पन्न, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भनेे,’मुलुकले आर्थिक समृद्धिको खाका खोजेको छ । त्यसका लागि परिणामुखी काम गर्ने पक्षमा छु । सबैको साथ र सहयोग रहोस् भन्ने कामना पनि गर्दछु ।’

ढिकुरपोखरी प्रधानमन्त्री प्रचण्डको जन्म गाउँ हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?