Comments Add Comment

‘क्लासिक’ शोका लागि आर्यन अष्ट्रेलिया जाने

aaryan and namrata award lidai
नायक आर्यन सिग्देल चलचित्र ‘क्लासिक’को शोका लागि अष्ट्रेलिया जाने भएका छन् । कानुन व्यवसायी खिलेन्द्र तिमिल्सिनाको पहलमा आर्यनलाई अष्ट्रेलियाको भीसा लागेको हो । आर्यन यसै साता चलचित्रको प्रदर्शनीका लागि अष्ट्रेलिया जान लागेका छन् । काठमाण्डौ सोसाइटी अष्ट्रेलियाका रोशन भट्टराइले भने-‘आर्यन यसै साता चलचित्र लिएर अष्ट्रेलिया आउनेछन् । हामीले उनको भव्य स्वागत गर्ने तयारी गरेका छौ ।’

आर्यनले आफू पनि सिड्नीमा बस्ने नेपालीलाई भेट्न आतुर रहेको बताए । सिड्नीको सिभिक थिएटरमा अगष्ट २७ मा चलचित्र प्रदर्शन हुनेछ । यसपछि अन्य शहरमा पनि चलचित्र प्रदर्शन गरिने काठमाण्डौ सोसाइटी अष्ट्रेलियाका प्रजापति शिवाकोटीले जानकारी दिएका छन् ।

चलचित्र प्रदर्शनीको व्यवस्थापन भने अल्प इन्टरटेन्मेन्टका मनोज अधिकारीले गरेका हुन् । इपी माइग्रेसन र एडभान्स कलेजको प्रस्तुतीमा चलचित्र अष्ट्रेलियामा प्रदर्शन गरिनेछ । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यनसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका छ । निर्माता सुवास गिरीसँग मिलेर आर्यनले यो चलचित्र निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment